default_image

3 years ago

November 14, 2020

कोलम्वियामाथि उरुग्वेको सानदार जित

एजेन्सी – फरवार्डद्धय लुइस सुआरेज र एडिन्सन काभानीले गोल गरेपछि फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोट खेलमा उरुग्वेले सानदार जित हात पारेको छ । उरुग्वेले १० खेलाडीमा समेटिएको घरेलु टोली कोलम्वियामाथि ३–० को सहज जित हात पारेको हो । उरुग्वेको सहज जितमा एडिन्सन काभनी, लुइस सुआरेज र डार्विन नुनेजले गोल गरे । पहिलो […]

35 views

0 Bookmark

एजेन्सी – फरवार्डद्धय लुइस सुआरेज र एडिन्सन काभानीले गोल गरेपछि फिफा विश्वकप कतार २०२२ को दक्षिण अमेरिकी छनोट खेलमा उरुग्वेले सानदार जित हात पारेको छ ।

उरुग्वेले १० खेलाडीमा समेटिएको घरेलु टोली कोलम्वियामाथि ३–० को सहज जित हात पारेको हो । उरुग्वेको सहज जितमा एडिन्सन काभनी, लुइस सुआरेज र डार्विन नुनेजले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल सम्भव भएको थियो ।

खेलको पाँचौ मिनेटमा नै एडिन्सन काभनीको गोलबाट उरुग्वेले घरेलु टोलीविरुद्ध अग्रता लिएको थियो । उनले नाहितान नान्डेजको पासमा गोल गर्न सफल भएका थिए । ११औं मिनेटमा हामेस रोड्रिग्वेजको प्रहार पोस्ट नजिकैबाट थोरै बाहिरिदा कोलम्विया बराबरीबाट चुक्यो । लगत्तै १२औं मिनेटमा रोड्रिग्वेज नै चुके ।

२४औं मिनेटमा लुइस सुआरजेको पासमा रोड्रिगो बेन्टानकरको प्रहार बाहिरिदा उरुग्वे अगता दोब्बर पार्नबाट चुक्यो । २८औं मिनेटमा डुभान जापटाको प्रहार बाहिरियो । ४८औं मिनेटमा डुभान जापटाको प्रहारलाई उरुग्वेका गोलरक्षक मार्टिन काम्पनाले बचाउदै कोलम्वियाको बराबरी टारे ।

५४औं मिनेटान लुइस सुआरेजले पेनाल्टीमार्फत गोल गर्दै उरुग्वेको अग्रता दोब्बर पारे । जेइसन मुरिल्लोले पेनाल्टी बक्समा उरुग्वेका खेलाडीलाई फल गरेपछि प्राप्त पेनाल्टीमा सुआरेज चुकेनन् । ६०औं मिनेटमा अल्फ्रेडो मोरालेसको हेडर पोस्ट नजिकैबाट बाहिरिदा कोलम्विया गोलअन्तर घटाउनबाट चुक्यो ।

६९औं मिनेटमा हामेस रोड्रिग्वेजको प्रहार आकासियो । ७२औं मिनेटमा डार्विन नुनेजले गोल गर्दै उरुग्वेको जित पक्का गरे । उनले लुकास टोरेराको पासलाई सदुपयोग गरेका थिए । ९०औं मिनेटमा यारी मिना दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि कोलम्विया १० खेलाडीमा समेटियो ।
उरुग्वेविरुद्ध बल पोजेसनका बलियो पकड बनाएपनि फिनिसिङमा चुक्दा कोलम्विया पराजित हुन पुग्यो ।

छनोटमा उरुग्वेको यो दोस्रो जित तथा कोलम्वियाको पहिलो हार हो । जितसँगै उरुग्वे ३ खेलबाट ६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित कोलम्विया ४ अंक जोडेर छैटौ सथानमा रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.