default_image

3 years ago

November 14, 2020

सलाहलाई कोरोना संक्रमण

एजेन्सी – इजिप्ट तथा इंग्लिस क्लब लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । अन्तर्राष्ट्रिय ड्युटीमा रहेका सलाहको दोस्रो पटकको स्वाव संकलनमा कोरोना पुष्टि भएको इजिप्टियन फुटबल एसोसिएसनले पुष्टि गरेको छ । तर उनको कोरोनाको कुनै लक्षण नरहेको पनि एफएले जनाएको छ । कोरोना संक्रमित सलाह अर्काे सातासम्म कायरोमै आइसोलेसनमा […]

35 views

0 Bookmark

एजेन्सी – इजिप्ट तथा इंग्लिस क्लब लिभरपुलका स्टार फरवार्ड मोहम्मद सलाहलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

अन्तर्राष्ट्रिय ड्युटीमा रहेका सलाहको दोस्रो पटकको स्वाव संकलनमा कोरोना पुष्टि भएको इजिप्टियन फुटबल एसोसिएसनले पुष्टि गरेको छ । तर उनको कोरोनाको कुनै लक्षण नरहेको पनि एफएले जनाएको छ ।

कोरोना संक्रमित सलाह अर्काे सातासम्म कायरोमै आइसोलेसनमा रहने छ । अनुमति पाएको अवस्थामा मात्रै उनी लन्डन फर्कन सक्नेछ । आफ्ना भाइको वेडिङ पार्टी दौरान सलाहलाई कोरोना संक्रमण भएको अनुमान गरिएको छ ।

लिभरपुलका यो सिजनको सर्वाधिक गोलकर्ताको सुचीमा शीर्षस्थानमा रहेका सलाहलाई कोरोना पुष्टि भएसँगै लिभरपुल र इजिप्टलाई समेत धक्का लागेको छ । चोटका कारण केही स्टार खेलाडीहरु टोली बाहिर रहँदा सलाहलाई कोरोना पुष्टि भएपछि योर्गेन क्लोपलाई थप समस्या उत्पन्न भएको छ । ले यो सिजन लिभरपुलका लागि ८ गोल गरिसकेका छन् ।

सलाहले लिभरपुलको बाँकी दुई खेल लेस्टर सिटी र च्याम्पियन्स लिगमा एटलान्टाविरुद्धको खेल गुमाउने सम्भावना छ । सलाह कोरोना संक्रमित हुने लिभरपुलका चौथा खेलाडी हुन् । यसअघि कोस्टास सिमिकास, थियागो अलकान्तरा र साडियो मानेलाई कोरोना पुष्टि भएको थियो ।

२२ नोभेम्वरमा लेस्टर सिटीविरुद्ध लिभरपुल आफ्नो पहिलो रोजाईका ७ खेलाडीविनै मैदान उत्रने सम्भावना छ । चोटका कारण भर्जिल भान डाइकले यो सिजन गुमाइसकेका छन् । चोटकै कारण ट्रेन्ट एलेक्सान्डर अर्नाेन्ड र जोय गोमेज पनि टोली बाहिर छन् । अलकान्तरा, एलेक्स अक्सलेड चेम्वरलेन र फाविन्हो पुर्णरुवमा फिट छैनन् ।

यो समाचार इजिप्टको लागि ठुलो चोट हो । इजिप्ट २०२२ को जनवरी र फेब्रुअरीमा हुने अफ्रिका कप अप नेसन्सको छनोट खेल खेलिरहेको छ । टोलीले छनोट हुने लक्ष्य बनाएको छ । इजिप्टले आज राति टोगोसँग खेल्दै छ । त्यसपछि १७ नोभेम्वरमा पनि टोगोसँग खेल्दैछ ।

इजिप्ट समूह ‘जी’ मा दुई खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यो समूहमा कोमोरोस ५ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.