default_image

3 years ago

November 14, 2020

यस्तो रहयो तीन जनाको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार भएको बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा २-० को हार बेहोर्यो । ढाकास्थित बंगबन्धु रंगशालामा मध्यम प्रदर्शन गरेको टोलीले दोस्रो हाफको सुरुवातमा मात्र सन्तोषजनक खेल खेलेको थियो । नतिजाका हिसाबले नेपालका लागि खेल सुखद नरहेपनि डेब्यु गरेका खेलाडीको प्रदर्शनले भने चित्त बुझाउने बाटो दिएको छ । बंगलादेशविरुद्ध पहिलो खेलमा […]

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीले शुक्रबार भएको बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेलमा २-० को हार बेहोर्यो । ढाकास्थित बंगबन्धु रंगशालामा मध्यम प्रदर्शन गरेको टोलीले दोस्रो हाफको सुरुवातमा मात्र सन्तोषजनक खेल खेलेको थियो ।

नतिजाका हिसाबले नेपालका लागि खेल सुखद नरहेपनि डेब्यु गरेका खेलाडीको प्रदर्शनले भने चित्त बुझाउने बाटो दिएको छ । बंगलादेशविरुद्ध पहिलो खेलमा तीन खेलाडीले डेब्यु गरे । विकास खवासले सुरुवाती रोजाइमा खेल्दै पहिलोपटक राष्ट्रिय टोलीको जर्सी लगाए भने एरिक विष्ट र दर्शन गुरुङ बेन्चबाट मैदान प्रवेश गरेका थिए ।

बालगोपाल महर्जनले ४-२-३-१ को रणनीतिमा खेल्दै विकासलाई राइट ब्याकको भूमिकामा खेलाएका थिए । विकासको व्यक्तिगत प्रदर्शन भने टोलीको भन्दा भिन्न थियो । आफ्नो रक्षात्मक जिम्मेवारी पूर्ण रुपमा वहन गरेका उनले आक्रमणमा पनि टोलीलाई मदत गरे । तीव्र गतिसँगै संयमतापूर्वक डिफेन्ड गरेका उनले केहि राम्रो क्रस पनि दिए ।

विशेषत: उनको लामो थ्रोले बंगलादेशको बक्समा केहि कठिनाई उत्पन्न गरेको थियो । बंगलादेशले बायाँ विंगबाट लगातार दबाब कायम गर्दा विकासको विंगतर्फ भने बंगलादेशी खेलाडीले निकै संघर्ष गर्नुपर्यो । उनले पेसमा बिट भएपनि केहि स्लाइड ट्याकल गर्दै खतरा बढ्न दिएनन् । दोस्रो खेलमा प्रशिक्षक महर्जनले उनलाई नै खेलाउनेमा धेरै सोच्नुपर्ने देखिदैन ।

अर्का डेब्यु गरेका खेलाडी एरिक ४२ औं मिनेटमा मैदान प्रवेश गरेका थिए । विक्रम लामा घाइते भएपछि मैदान प्रवेश गरेका उनले आफ्नो कौशल पूर्ण रुपमा देखाउन सके । पहिलो हाफको केहि मिनेटमा खासै प्रभाव पार्न नपाएपनि दोस्रो हाफमा भने उनी जमे ।

आफूसँग बल हुँदा होस् या रक्षात्मक रणनीति, उनको खेलमा ‘डेब्यु’ गरिरहेको भन्ने देखिदैन थियो । विक्रमको स्थानमा उनी प्रवेश गरेपछि नेपालको आक्रमण र मिडफिल्डको समन्वयमा सुधार भएको आभास भएको थियो । सम्भवत: दोस्रो खेलमा उनले पहिलो रोजाइमा खेल्ने देखिन्छ ।

शुक्रबार डेब्यु गरेका तेस्रा खेलाडी दर्शन गुरुङले झन्डै २५ मिनेट मैदानमा बिताए । उनी रवि पासवानको स्थानमा ६९ औं मिनेटमा मैदान प्रवेश गरे । धेरै प्रभाव छाड्ने अवसर नपाएपनि भर्खर १९ वर्ष पुगेका दर्शनले बिस्तारै आफ्नो स्थान बनाउन सक्छन् । लेफ्ट विंगमा एक राम्रो मुभ बनाएका उनले मिडफिल्डलाई मदत गर्न केहि तल पनि खेले ।

पहिलो पटक राष्ट्रिय टोलीमा पर्ने बितिकै डेब्युको अवसर पाउनु पक्कै सुखद हो । उनले यस अनुभवलाई आउने दिनमा भरपुर उपयोग गर्ने देखिन्छ । दोस्रो खेलमा दर्शनको स्थानमा अरु नयाँ खेलाडीले अवसर पाउन सक्छन् ।

यो पनि पढ्नुहोस : खेल र खेलाडी फर्किए, प्रदर्शन बाँकी

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.