default_image

3 years ago

November 14, 2020

रामोस सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडी बन्दै

एजेन्सी – स्पेनका कप्तान सर्जियो रामोसले इटालियन लेजेन्ड जियानलुइजी बुफोनको सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडीको कीर्तिमान तोड्ने भएका छन् । आज राती स्विटजरल्यान्डविरुद्ध खेलबाट रामोसले १ सय ७७ औं खेल खेल्दैछन् । बुधबार नेदरल्यान्ड्सविरुद्ध भएको मैत्रीपूर्ण खेलमा १ सय ७६ औं खेल खेल्दै रामोसले बुफोनको कीर्तिमान बराबर गरेका थिए । बुफोनले सन् २०१८ मार्च महिनामा […]

30 views

0 Bookmark

एजेन्सी – स्पेनका कप्तान सर्जियो रामोसले इटालियन लेजेन्ड जियानलुइजी बुफोनको सर्वाधिक खेल खेल्ने युरोपेली खेलाडीको कीर्तिमान तोड्ने भएका छन् । आज राती स्विटजरल्यान्डविरुद्ध खेलबाट रामोसले १ सय ७७ औं खेल खेल्दैछन् ।

बुधबार नेदरल्यान्ड्सविरुद्ध भएको मैत्रीपूर्ण खेलमा १ सय ७६ औं खेल खेल्दै रामोसले बुफोनको कीर्तिमान बराबर गरेका थिए । बुफोनले सन् २०१८ मार्च महिनामा इटालीको जर्सीमा खेल्दै सन्न्यास घोषणा गरेका थिए । रामोसले भने सन् २००५ मार्चमा चीनविरुद्ध खेल्दै डेब्यु गरेपछि १ सय ७६ पटक खेलिसकेका छन् ।

सर्वाधिक खेल खेल्ने विश्व कीर्तिमान भने हाल इजिप्टका अहमद हसनसँग रहेको छ । हसनले १ सय ८४ खेल खेलेका छन् । ३४ वर्षीय रामोसले नियमित फुटबल खेलिरहेको अवस्थामा अर्को वर्ष उक्त कीर्तिमान पनि आफ्नो नाम गर्न सक्नेछन् ।

१८ वर्ष ३ सय ६१ दिनको उमेरमा डेब्यु गरेका रामोस स्पेनका लागि ५५ वर्षयता डेब्यु गर्ने कान्छा खेलाडी थिए । रामोसले सन् २०१० मा विश्वकप तथा सन् २००८ र २०१२ मा युरोपेली च्याम्पियनसिप जित्दा स्पेनका लागि महत्त्वपूर्ण प्रदर्शन गरेका थिए । उनले सन् २०१० मा पहिलो पटक राष्ट्रिय टोलीको कप्तानी गरेका थिए ।

रामोस सन् २०१८ को विश्वकपमा स्थायी कप्तान नियुक्त भएका थिए । आफ्नो करिअर राइट ब्याक पोजिसनमा सुरु गरेका उनी पछिल्लो समय भने सेन्टर डिफेन्समा खेलिरहेका छन् । डिफेन्डर भएपनि रामोस २३ गोलसहित स्पेनको सर्वाधिक गोलकर्ता सूचिको आठौं स्थानमा रहेका छन् ।

रामोसले विश्वकपमा १७ खेल खेल्दा युरो कपमा १५ तथा कन्फेडेरेसन कपमा ८ खेल खेलेका छन् । उनले नेसन्स लिगमा ८, विश्वकप छनोटमा २९, युरो छनोटमा ३४ तथा मैत्रिपूर्ण खेलमा ६५ पटक स्पेनको प्रतिनिधित्व गरेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.