default_image

3 years ago

November 15, 2020

बेन्जेमा फ्रान्सबाट खेल्ने सम्भावना न्यून

एजेन्सी – रियल म्याड्रिडका ११ खेलाडी अहिले अन्तर्राष्ट्रिय जिम्मेवारीमा छन् । सन् २०१४ सम्मको अवस्था हेर्ने हो भने रियलका १६-१७ खेलाडीले विश्व कपमा आफ्नो देशको प्रतिनिधित्व गरिरहेका हुन्थे । त्यसमध्ये एक हुन् फ्रान्सेली करिम बेन्जेमा । ६ वर्षयता उनी टोली फ्रान्सेली टोलीमा छैनन् । क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, हामेस रोड्रिग्वेज अहिले रियलमा छैनन् । त्यस्तै […]

49 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका ११ खेलाडी अहिले अन्तर्राष्ट्रिय जिम्मेवारीमा छन् । सन् २०१४ सम्मको अवस्था हेर्ने हो भने रियलका १६-१७ खेलाडीले विश्व कपमा आफ्नो देशको प्रतिनिधित्व गरिरहेका हुन्थे ।

त्यसमध्ये एक हुन् फ्रान्सेली करिम बेन्जेमा । ६ वर्षयता उनी टोली फ्रान्सेली टोलीमा छैनन् । क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, हामेस रोड्रिग्वेज अहिले रियलमा छैनन् । त्यस्तै इस्को स्पेन र मार्सेलो ब्राजिलियन टोली भन्दा बाहिर छन् । इस्को र मार्सेलो अहिलेको कमजोर प्रदर्शनका कारण टोलमिा पर्न नसकेका हुन् । तर, बेन्जेमाको राष्ट्रिय टोलीमा नहुनुको प्रसंग भने त्यो भन्दा फरक छ ।

राष्ट्रिय टोलीकै सहकर्मी मिडफिल्डर मथिउ भाल्बुएनाले बेन्जेमाले उनलाई ब्ल्याकमेल गरेको आरोप लगाएका थिए । यद्दपी फ्रान्सेली सर्वोच्च अदालतले ३२ वर्षे फरवार्डलाई दोषी ठहर गरेन ।

फिनल्यान्डसँग घरेलु मैदानमा फ्रान्स २–० ले पराजित भएपछि बेन्जेमाका विषयलाई समाधान गर्नुपर्ने आवाज फेरि उठेरेको छ । फ्रान्सेली डिफेन्डर अदिल रामीले यो विषयमा चर्चा गरेका छन् ।

केलियन एमबाप्पे र एन्टोइन ग्रिजमन सुरुवाती रोजाईमा नहुँदा रामीको नजरमा बेन्जेमा त्यसका लागि उपयुक्त खेलाडी हुन् । त्यसका लागि आवश्यक देखिएमा बेन्जेमाले फ्रान्सेली टोलीका प्रशिक्षक डिडिएर डेसच्याम्पस्सँग माफी माग्न सुझाएका छन् ।

‘बेन्जेमा टोलीमा नहुनु सुखद होइन । यो ओलिभर जिरुडका विरुद्धमा भनिएको होइन । जिरुड पनि टोलीका लागि आवश्यक छन् । किनकी उनी गोल कर्ता हुन्,’ रामीले भनेका छन्, ‘यदि प्रशिक्षकसँगको विवाद समाधान हुने हो भने बेन्जेमा टोलीमा हुँदा झनै राम्रो हुन्छ । ठूला प्रतिस्पर्धामा भाग लिनु बेन्जेमाका लागि पनि महत्त्वपूर्ण हुन्छ । फ्रान्सका लागि सोच्ने हो भने उनले सार्वजनिक वा व्यक्तिगत रुपमा प्रशिक्षक माफी माग्दा उपयुक्त हुन्छ ।’

तर, रामीले भने जस्तो विषय सहज छैन । आफ्ना बारेमा बेन्जेमाले मार्कालाई दिएको अन्तर्वार्ताका कारण डेसच्याम्प्स उनीसँग आक्रोशित छन् । जहाँ उनले प्रशिक्षक जातीवादबाट प्रेरित रहेको आरोप लगाएका थिए । अनुसन्धानबाट सफाई पाउँदा पनि टोलीमा नबोलाइएपछि बेन्जेमाले यस्तो आरोप लगाएका थिए ।

दुई वर्षअघि बेन्जेमा विना डेसच्याम्पस्को टोलीले विश्व कप जितेको थियो । पछिल्ला केहि वर्ष यता रियलमा उच्च फर्ममा रहेपनि आफूसँगको विवादका कारण विश्व कप दिलाएका प्रशिक्षकले बेन्जेमालाई बोलाएनन् ।

बेन्जेमा पनि डेसच्याम्पस्ले आफुलाई बोलाउने छन् भन्ने आशामा छैनन् । उनले फ्रान्सबाट नखेल्ने भनेका छैनन्, तर अहिलेको अवस्था हेर्दा उनी फर्कने सम्भावना पनि कम छ । बेन्जेमाले रामीले भने जस्तो प्रशिक्षकसँग माफी माग्ने पनि सम्भावना देखिदैन ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.