default_image

3 years ago

November 15, 2020

इंग्ल्यान्ड र बेल्जियम खेल्दै

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए २ अन्तर्गत आज राती इंग्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार रातको १:३० बजे हुनेछ । समूहको एक मात्र टोली अर्को चरणमा पुग्ने हुँदा प्रतिस्पर्धा झनै कडा हुने अपेक्षा गरिएको छ । चौथो चरणको खेल सकिँदा अंक तालिकामा बेल्जियम ९ अंकसहित शीर्षस्थानमा छ भने डेनमार्क […]

35 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए २ अन्तर्गत आज राती इंग्ल्यान्ड र बेल्जियमबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार रातको १:३० बजे हुनेछ ।

समूहको एक मात्र टोली अर्को चरणमा पुग्ने हुँदा प्रतिस्पर्धा झनै कडा हुने अपेक्षा गरिएको छ । चौथो चरणको खेल सकिँदा अंक तालिकामा बेल्जियम ९ अंकसहित शीर्षस्थानमा छ भने डेनमार्क र इंग्ल्यान्डको समान ७-७ अंक रहेको छ । सबै टोलीले २-२ खेल खेल्न बाँकी रहेको छ ।

बेल्जियमका लागि यस खेलमा स्टार विंगर इडेन हाजार्ड कोरोना संक्रमणका कारण टोलीमा समावेश छैनन् । रियल म्याड्रिडका सहकर्मी थिबाउट कोर्टुवा भने पहिलो रोजाइमा खेल्नेछन् । डिफेन्समा टोबी आल्डरवेरल्ड र जेसन डीनाएरसँग जान भर्टोन्घनले खल्नेछन् । आक्रमणमा रोमेलु लुकाकुलाई केभिन डे ब्रुएन र ड्रिज मर्टेन्सले साथ दिनेछन् ।

यता इंग्ल्यान्डलाई पनि चोट र प्रतिबन्धले छनोटमा केहि समस्या छ । डिफेन्डरद्वय जो गोमेज र ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड चोटका कारण बाहिर रहँदा ह्यारी मगाएर र रिस जेम्सले प्रतिबन्ध भोगिरहेका छन् । पछिल्लो खेलमा विश्राम लिएका कप्तान ह्यारी केन, जोर्डन हेन्डरसन, रहिम स्टर्लिङ र काइल वाल्कर भने यस खेलका लागि फर्केका छन् ।

पछिल्लो भिडन्तमा इंग्ल्यान्डले अन्तिम समयमा पुनरागमन जित दर्ता गरेको थियो । तर घरेलु मैदानमा बेल्जियमलाई हराउन निकै कठिन हुनेछ । टोलीले सन् २०१६ सेप्टेम्बर यता लगातार २७ खेलको अपराजित यात्रा कायम राख्दै आएको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.