default_image

3 years ago

November 15, 2020

बेलमा आएको परिवर्तन

एजेन्सी– रियल म्याड्रिडमा रहँदा ग्यारेथ बेलको खेल जीवनमा उतार चढाव रह्यो । खेल जीवनका क्रममा रियलमा रहँदा उनको मनोबल कमजोर रहेको मान्नेहरु पनि छन् । यो सिजन लोनमा उनी पुरानै टोली टोटेनहम पुगेपछि उनको खेलमा सुधार आएको मानिन्छ । रियलमा अधिकांश समय बेन्चमा नै रहेका उनमा निकै बदलाव आएको छ । वेल्सका कार्यवहाक प्रशिक्षक रोर्बेट […]

35 views

0 Bookmark

एजेन्सी– रियल म्याड्रिडमा रहँदा ग्यारेथ बेलको खेल जीवनमा उतार चढाव रह्यो । खेल जीवनका क्रममा रियलमा रहँदा उनको मनोबल कमजोर रहेको मान्नेहरु पनि छन् ।

यो सिजन लोनमा उनी पुरानै टोली टोटेनहम पुगेपछि उनको खेलमा सुधार आएको मानिन्छ । रियलमा अधिकांश समय बेन्चमा नै रहेका उनमा निकै बदलाव आएको छ । वेल्सका कार्यवहाक प्रशिक्षक रोर्बेट पेजले प्रशिक्षणका दौरान उनमा सुधार आएको बताएका छन् ।

वेल्सले आइतबार गणतन्त्र आयरल्यान्डको सामना गर्दैछ । पूर्ण फिटनेसका साथ बेल आयरल्यान्डविरुद्ध खेल्ने अपेक्षा पेजले राखेका छन् । च्याम्पियन्स लिगका २ खेल खेलेका बेलले प्रिमियर लिगमा ब्राइटन एन्ड होभ अल्बियोनविरुद्ध २–१ को जितमा निर्णायक गोल गरेका थिए । बेल मैदानमा रमाइलो मानिरहेको आफुले अनुभव गरेको पेजले बताएका छन् ।

‘उनी एक मिनेटमै खेल बदल्ने सक्ने खेलाडी हुन् । उनी फेरि फुटबललाई माया गर्न थालेको देखिन्छ,’ पेजले भने, ‘सम्भवत टोनटेनहमले उनलाई पूरा ९० मिनेट खेलाउने योजनाका लागि तयारी गरिरहेको छ । क्लब पनि उनीबाट उच्च प्रदर्शनको अपेक्षा राख्छ ।’

पेजले बेलको खुलेर प्रशंसा गरेका छन् । ‘हामीले एक साता अभ्यास गरेका छौं । प्रशिक्षणमा उनी पुरानै शैलीमा देखिएका छन्,’ उनले भने, ‘उनी विशेष छन् । ६ फिट २ इन्चका खेलाडी एकदम राम्रा खेलाडी हुन् । उनको क्षमता हामी सबैलाई राम्ररी थाहा छ ।’

बेल फेरि फुटबलमा रमाउन थाल्नु ठूलो विषय भएको पेज मान्छन् । उनले थपे, ‘आशा छ उनको त्यो जोश मैदानमा पनि देखिनेछ ।’ आउने दुवै खेलमा बेल टोलीमा रहन्छन् भन्ने विषयमा पेजले प्रष्ट पार्न चाहेनन् ।

उनले भने, ‘हाम्रा लागि आयरल्यान्डविरुद्धको खेल निकै महत्वपूर्ण छ । हामी एक पटकमा एउटा खेलमा केन्द्रित रहन्छौं । अहिले फिनल्यान्डविरुद्धको खेलका बारेमा सोचेका छैनौं ।’ कोरोनाका कारण समय कठीन रहेको उल्लेख गर्दै पेजले टोली जितलाई लक्ष्यमा राख्दै उत्रने बताएका छन् ।

‘म आफै पनि क्लबको प्रशिक्षक रहिसकेको छु,’ उनले भने, ‘केहि स्वार्थी बनेर हेर्ने हो भने हरेक साता आफ्ना खेलाडी फिट रहुन भन्ने चाहना हुन्छ । अहिले पनि त्यसमा फरक छैन । कारण हामी दुई ठूला खेलको तयारीमा छौं ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.