default_image

3 years ago

November 15, 2020

फाती नयाँ सम्झौता नजिक

एजेन्सी – अन्सु फाती बार्सिलोना स्थापित हुने क्रममा छन् । उनलाई क्लबको भविष्यको स्टारका रुपमा हेरिएको छ । त्यसैले पनि बार्सलोना उनीसँग नयाँ सम्झौताको तयारीमा रहेको छ । दुई पक्षबीच नयाँ सम्झौताका विषयमा छलफल पनि यसअघि नै सुरु भइसकेको छ । धेरै अघिबाट सुरु भएको छलफल सकारात्मक रुपमा अघि बढिरहेको बताइएको छ । यद्दपी अझै […]

50 views

0 Bookmark

एजेन्सी – अन्सु फाती बार्सिलोना स्थापित हुने क्रममा छन् । उनलाई क्लबको भविष्यको स्टारका रुपमा हेरिएको छ । त्यसैले पनि बार्सलोना उनीसँग नयाँ सम्झौताको तयारीमा रहेको छ ।

दुई पक्षबीच नयाँ सम्झौताका विषयमा छलफल पनि यसअघि नै सुरु भइसकेको छ । धेरै अघिबाट सुरु भएको छलफल सकारात्मक रुपमा अघि बढिरहेको बताइएको छ । यद्दपी अझै कतिपय विषयमा भने प्रष्ट हुन बाँकी रहेको छ ।

यदि नयाँ सहमतिका पुगेको खण्डमा त्यसलाई बार्सिलोनाको नयाँ बोर्डले अनुमोदन गर्नुपर्ने हुन्छ । नयाँ नेतृत्वका लागि जनवरीको २४ मा बार्सिलोनाको अध्यक्षका लागि निर्वाचन हुने तय भएको छ ।

फातीको बार्सिलोनासँगको अहिलेको सम्झौता सन् २०२२ को अन्त्य सम्म रहेको छ । उच्च फर्ममा रहेका फाती चोट लागेपछि अहिले मैदान बाहिर रहेका छन् । प्रतिभावान फातीलाई भविष्यको विश्व स्तरीय खेलाडी हुने अुनमान गरिएको छ ।

फाती अहिले मात्र १८ वर्षका भएका छन् । उनले क्लबमा रोनाल्डो कोम्यानको पहिलो रोजाईमा पर्दै आएका छन् । स्पेनिस राष्ट्रिय टोलीमा उनलाई महत्वको साथ हेरिन्छ । उनका लागि युरोपका बलिया क्लबहरुबाट प्रस्ताव आइसकेका छन् ।

बार्सिलोनाबाट ला लिगा र च्याम्पियन्स लिग खेल्दा होस् वा स्पेनिस टोलीबाट खेल्दा उनीले इतिहास बनाइसकेका छन् । अहिलेको समयमा उत्कृष्ट क्षमतावान फुटबलरका रुपमा विश्व व्यापी चर्चा कमाईसकेका छन् ।

बार्सिलोनाका निर्देशक हेन्स उनीसँगको छलफललाई ढिलाई गर्ने पक्षमा छैनन् । क्लबले अहिलेको सम्झौतामा सुधार र नयाँ सम्झौताका लागि फातीको एटेन्टमार्फत प्रयास तिब्र पार्नेमा छन् ।

रिलिज क्लज

सेप्टेम्बरदेखि उनी बार्सिलोनाको पहिलो रोजाईमा खेल्दैछन् । त्यति बेलै उनको रिजिल क्लज ४ सय मिलियन युरो पुराइएको थियो । यद्दपी नाबालक नै रहेकाले उनको सम्झौता नविकरण भने हुन सकेन ।

अर्कोतर्फ एजेन्टका अनुसार उनले केहि क्षतीपूर्ती रकम पाइसकेका छन् । तर अब नयाँ सम्झौताका लागि भने नयाँ भूमिका र हैसियतको खोजी पक्कै हुनेछ । फाती आफैं पनि नयाँ सम्झौतामा पारिश्रमिकमा वृद्धि चाहन्छन् ।

कोरोना भाइरसका कारण क्लबको आर्थिक अवस्थामा केहि असर परेपनि बार्सिलोनाले उनको चित्त बुझाउने गरि प्रस्ताव लाने सम्भावना छ । उनलाई क्लबले बार्षिक १० मिलियन युरो दिने प्रस्ताव गर्ने अनुमान गरिएको छ ।

फातीमा सर्वसम्मत

नविकरणका लागि छलफल सकारात्मक रुपमा अघि बढेपनि अहिले सम्झौतामा भने पुग्न बाँकी रहेको छ । अहिले नै सम्झौता भएपनि त्यसलाई जनवरीमा बन्ने बोर्डले अनुमोदन गर्नुपर्नेछ । अध्यक्षका सबै आकांक्षीका नजरमा फाती क्लबको उत्कृष्ट खेलाडी मध्ये एक हुनेछन् । भविष्यमा उनी क्लबकै सफल खेलाडीका रुपमा स्थापित हुनेमा सबैको अनुमान रहेको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.