default_image

3 years ago

November 16, 2020

एटलेटिकोमा रम्दै सुआरेज

एजेन्सी – लुइस सुआरेजका लागि बार्सिलोना अब स्मरणमा मात्रै छ । उरुग्वेली फरवार्ड अहिले एट्लेटिको म्याड्रिडमा रमाइरहेका छन् । आफ्नो पूर्व क्लब यो सिजन गोलका लागि संघर्ष गरिरहेको स्वारेजले याद गरेका छन् । जसरी बार्सिलोनामा आफ्नो यात्राको अन्त्य भए त्यसमा भने स्वारेजलाई दुःख लाग्छ । टोलीका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो योजनामा सुआरेज नरहेको बताएपछि […]

42 views

0 Bookmark

एजेन्सी – लुइस सुआरेजका लागि बार्सिलोना अब स्मरणमा मात्रै छ । उरुग्वेली फरवार्ड अहिले एट्लेटिको म्याड्रिडमा रमाइरहेका छन् ।

आफ्नो पूर्व क्लब यो सिजन गोलका लागि संघर्ष गरिरहेको स्वारेजले याद गरेका छन् । जसरी बार्सिलोनामा आफ्नो यात्राको अन्त्य भए त्यसमा भने स्वारेजलाई दुःख लाग्छ । टोलीका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो योजनामा सुआरेज नरहेको बताएपछि उनी विकल्प रोज्न बाध्य भएका थिए ।

बार्सिलोना धेरै गोल गर्न सकिरहेको छैन, उनीहरु तिमिलाई सम्झिरहेका होलान् ?, भन्ने प्रश्नमा उनको जवाफ थियो , ‘उनीहरुले मलाई याद गर्दैनन् । हरेका आफ्नै चासो हुन्छन् । उनीहरुको आफ्नै योजना छ । म अहिले एट्लेटिको छु । मेरा साथीहरुलाई समस्या छ भन्ने नराम्रो लाग्छ । तर, मलाई आशा छ उनीहरुले छिट्टै गोल गर्नेछन् ।’

बार्सिलोनामा रहँदा लिओनल मेस्सीसँग उनको घनिष्ठ सम्बन्ध थियो । अहिले पनि उनीहरुका बीचमा उत्तिकै हार्दिकता रहेको विश्वास गरिन्छ । मेस्सी पनि यो सिजन गोलका लागि संघर्ष गरिहेका छन् । अझै पेनाल्टी बाहेकमा गोल गर्न उनी चुकिरहेका छन् ।

मेस्सीले गोल गर्न सकिरहेका छैनन् । कमै मात्र हाँस्छन्, के समस्या हुन सक्छ ? भन्ने अर्को प्रश्नमा सुआरेजले भने, ‘हाम्रा बीचमा धेरै कुराकानी हुन्छ । तर, इमान्दार भएर भन्नु पर्दा व्यक्तिगत र पारिवारिक विषय बढि हुन्छन् । बच्चाको जन्मदिनमा भेट भएको थियो । जीवन, कोरोना भाइरसलगायतका विषयमा कुराकारी भयो । फुटबलका बारेमा थोरै चर्चा भयो । फुटबलमा भन्दा हामी परिवारका बारेमा बढी छलफल छौं ।’

एट्लेटिकोमा गएयता उनले टोलीमा प्रभाव पारिरहेका छन् । तर, बार्सिलोना छाड्दा भने उनले अपमान महसुस गरेको धेरै लाई लागेको थियो ।

नयाँ क्लबमा खुसी छौं र बार्सिलोना छाड्दा अपमान भएको महसुस भयो ? भन्ने प्रश्नमा उनको जवाफ थियो, ‘मैले जसरी छाड्नु पर्यो, जे भनियो त्यसले नराम्रो लागेको थियो । तर त्यहाँ खेले मलाई गर्व छ । जब मेरो आवश्यकता छैन भनियो मैले अर्को ठाँउ रोजे । म यहाँ खुसी छु र रमाईरहेको छु ।’

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.