default_image

3 years ago

November 16, 2020

रामोस पत्रकार सम्मेलनमा अनुपस्थित

एजेन्सी – स्पेनिस राष्ट्रिय टोली र रियल म्याड्रिडका कप्तान सर्जियो रामोस सोमबार पत्रकार सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएको थियो । स्पेनको खेलअघि उनले मौन बस्ने निर्णय लिएका छन् । स्पेनिस फुटबल महासंघले पत्रकार सम्मेलनमा जवाफ दिन मिडफिल्डर रोड्री उपस्थित हुने जानकारी गराएको छ । जर्मनीविरुद्ध हुने नेसन्स लिग अघि सोमबार पत्रकार सम्मेलन आयोजना हुँदैछ । […]

44 views

0 Bookmark

एजेन्सी – स्पेनिस राष्ट्रिय टोली र रियल म्याड्रिडका कप्तान सर्जियो रामोस सोमबार पत्रकार सम्मेलनमा उपस्थित हुने अपेक्षा गरिएको थियो । स्पेनको खेलअघि उनले मौन बस्ने निर्णय लिएका छन् ।

स्पेनिस फुटबल महासंघले पत्रकार सम्मेलनमा जवाफ दिन मिडफिल्डर रोड्री उपस्थित हुने जानकारी गराएको छ । जर्मनीविरुद्ध हुने नेसन्स लिग अघि सोमबार पत्रकार सम्मेलन आयोजना हुँदैछ । यसअघि स्विट्जरल्याण्डविरुद्ध खेलमा रामोसले दुई पेनाल्टी प्रहार चुकाएका थिए ।

समान्यता ठूला खेल अघिका पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिन सेन्ट्रल ब्याक रोमस आफै उपस्थित हुने गर्दछन् । तर यस पटक भने त्यस्तो भएन । पछिल्लो समय रामोस क्लब र राष्ट्र दुवै तर्फ प्रदर्शनका कारण दबाबमा छन् ।

रियलसँगको सम्झौताका विषयमा पत्रकार सम्मेलनमा सोधिने सम्भावनाका कारण उपस्थित नभएको अनुमान गरिएको छ । अर्को समरमा क्लबसँगको उनको सम्झौता सकिँदछ । महत्त्वपूर्ण खेल अघि कप्तानले मौन बस्न उपयुक्त ठानेका छन् ।

अनावश्यक ध्यान केन्द्रित हुनुपर्ने सम्भावनालाई मध्यनजर गर्दै उनले पत्रकार सम्मेलनमा उपस्थित हुन नचाहेको अनुमान गरिएको छ । मंगलबार जर्मनीविरुद्धको खेलपछि भने उनी सञ्चारमाध्यमसँग बोल्ने सम्भावना छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.