default_image

3 years ago

November 17, 2020

सुआरेजले बार्सिलोनाविरुद्ध नखेल्ने

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजले एटलेटिको म्याड्रिडले बार्सिलोनाविरुद्ध खेल्ने शनिबारको स्पेनिस ला लिगाको खेल गुमाउने भएका छन् । उरुग्वेको राष्ट्रिय टोलीमा रहेका सुआरेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै उनले खेल गुमाउने भएका हुन् । उरुग्वेको फुटबल महासंघले सुआरेजसँगै टोलीका अन्य दुई सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । सुआरेजलाई संक्रमण भएपनि कुनै लक्षण […]

46 views

0 Bookmark

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेजले एटलेटिको म्याड्रिडले बार्सिलोनाविरुद्ध खेल्ने शनिबारको स्पेनिस ला लिगाको खेल गुमाउने भएका छन् ।

उरुग्वेको राष्ट्रिय टोलीमा रहेका सुआरेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै उनले खेल गुमाउने भएका हुन् । उरुग्वेको फुटबल महासंघले सुआरेजसँगै टोलीका अन्य दुई सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेको हो । सुआरेजलाई संक्रमण भएपनि कुनै लक्षण भने देखिएको छैन ।

उरुग्वेले मंगलबार नै विश्वकप छनोट अन्तर्गत महत्त्वपूर्ण खेलमा ब्राजिलको सामना गर्दैछ । सुआरेजले यो खेलसँगै शनिबार ला लिगामा हुने बार्सिलोनाविरुद्ध खेल पनि गुमाउने भएका छन् । सुआरेज यसै सिजनको सुरुवातमा बार्सिलोना छाडेर एटलेटिको आएका थिए ।

उरुग्वेको टोलीमा रहेका लेफ्ट ब्याक माटीआस भिनालाई अघिल्लो दिन संक्रमण देखिएपछि गरिएको परिक्षणमा थप तीन खेलाडीलाई संक्रमण देखिएको हो । आउने दिनमा संक्रमित संख्या बढ्ने आंकलन गरिएको छ ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.