default_image

3 years ago

November 17, 2020

नेपालको सम्भावित परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश विरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत दोस्रो खेल आज ढाकास्थित बंगबन्धु रंगशालामा हुँदैछ । पहिलो खेलमा २-० ले पराजित नेपालले दोस्रो खेलका लागि केहि परिवर्तन गर्ने पक्काजस्तै छ । पहिलो खेलमा प्रशिक्षक बालगोपाल महर्जनले ४-२-३-१ को संरचनामा टोली उतारेका थिए । गोलरक्षक किरण चेम्जोङ रहँदा डिफेन्समा अनन्त तामाङ र अजित […]

65 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेश विरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज अन्तर्गत दोस्रो खेल आज ढाकास्थित बंगबन्धु रंगशालामा हुँदैछ । पहिलो खेलमा २-० ले पराजित नेपालले दोस्रो खेलका लागि केहि परिवर्तन गर्ने पक्काजस्तै छ ।

पहिलो खेलमा प्रशिक्षक बालगोपाल महर्जनले ४-२-३-१ को संरचनामा टोली उतारेका थिए । गोलरक्षक किरण चेम्जोङ रहँदा डिफेन्समा अनन्त तामाङ र अजित भण्डारीसँगै विकास खवास र सुमन अर्याल थिए । रक्षात्मक मिडफिल्डमा विक्रम लामा र तेज तामाङ रहेका थिए । आक्रमणमा नवयुग श्रेष्ठलाई सुजल श्रेष्ठ, अन्जन विष्ट र रवि पासवानले साथ दिएका थिए ।

दोस्रो खेलमा प्रशिक्षक महर्जनले केहि परिवर्तन गर्ने बताएका थिए । नेपालले यस खेलका लागि ३-४ परिवर्तन गर्ने सम्भावना छ । पहिलो खेलमा घाइते भएका मिडफिल्डर विक्रम लामाको स्थानमा उनकै स्थानमा मैदान प्रवेश गरेका एरिक विष्टले खेल्ने सम्भावना छ । त्यस्तै पहिलो हाफमा नै परिवर्तन भएका नवयुगको स्थानमा पनि परिवर्तन हुन सक्छ । उनको स्थानमा अनुभवी भरत खवास वा विमल रानाको सम्भावना देखिन्छ ।

यस्तै डिफेन्समा पनि परिवर्तन हुने देखिन्छ । सेन्टर डिफेन्समा कमजोर प्रदर्शन गरेपछि अजित भण्डारीको स्थान सुरक्षित छैन । उनको स्थानमा अर्का खेलाडी आउन सक्छन् । विकास खवास नै सेन्टर डिफेन्स खेल्ने सम्भावना छ । यस्तो हुँदा राइट ब्याकमा सरोज दाहाल र छिरिङ गुरुङ आउन सक्नेछन् । सुमन अर्यालले सोमबारको प्रशिक्षणमा पूरा भाग नलिनु र रजिन धिमालको पुनरागमनले त्यस क्षेत्रमा पनि परिवर्तन हुन सक्छ ।

अघिल्लो खेलमा डेब्यु गरेका एरिक र विकासले सुरुवाती रोजाइमा खेल्नेछन् । यस्तै दर्शन गुरुङ पनि अर्को अवसरको प्रतीक्षामा रहनेछन् । पहिलो खेलमा राम्रो प्रदर्शन गरेका अन्जन विष्टले निरन्तरता पाउँदा सुजल श्रेष्ठ र रवि पासवान पनि लगातार खेल सुरुवात गर्न दाबेदार छन् । यद्यपि तीनैजना विंगमा खेल्ने भएकाले सेन्टरमा खेल्ने एक खेलाडी ल्याउने सम्भावना छ । यसबाहेक डेब्यु गर्न बाँकी अन्य खेलाडी पनि आज अवसरको पर्खाइमा हुनेछन् ।

सम्भावित ११ : किरण चेम्जोङ, विकास खवास, अनन्त तामाङ, सुमन अर्याल, सरोज/छिरिङ, एरिक विष्ट, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, रवि पासवान, भरत खवास

यो पनि : नेपालको सिरिजमा फर्कने लक्ष्य

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.