default_image

3 years ago

November 17, 2020

ब्राजिल र उरुग्वे भिड्दै

एजेन्सी – फिफा विश्वकप २०२० कतार अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटको चौथो चरणको खेलमा ब्राजिलले उरुग्वेको भ्रमण गर्दैछ । खेल नेपाली समयानुसार बुधबार विहान ४:४५ बजे हुनेछ । छनोटमा शत प्रतिशत जितको नतिजा हासिल गर्ने एकमात्र टोली ब्राजिल सोहि लयलाई निरन्तरता दिने सुरमा हुनेछ । यता ३ खेलमा ६ अंक जोडेको उरुग्वे घरेलु मैदानमा ब्राजिललाई […]

61 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२० कतार अन्तर्गत दक्षिण अमेरिकी क्षेत्रको छनोटको चौथो चरणको खेलमा ब्राजिलले उरुग्वेको भ्रमण गर्दैछ । खेल नेपाली समयानुसार बुधबार विहान ४:४५ बजे हुनेछ ।

छनोटमा शत प्रतिशत जितको नतिजा हासिल गर्ने एकमात्र टोली ब्राजिल सोहि लयलाई निरन्तरता दिने सुरमा हुनेछ । यता ३ खेलमा ६ अंक जोडेको उरुग्वे घरेलु मैदानमा ब्राजिललाई रोक्दै अंक बराबर गर्ने लक्ष्यसाथ उत्रनेछ । उरुग्वेले अघिल्लो महिना इक्वेडरसँग ४-२ को हार बेहोरेको थियो ।

दक्षिण अमेरिकी छनोटमा यसपछि लामो विश्राम रहेकाले पनि दुवै टोली सुखद नतिजा हासिल गर्ने सुरमा हुनेछन् । तर दुवै टोलीमा चोटको कारण केहि समस्या हुनेछ । मुख्य फरवार्ड नेयमार र लुइस सुआरेजको अनुपस्थितिले खेल केहि खल्लो हुनेछ । नेयमार ग्रोइनको चोटका कारण बाहिर छन् भने सुआरेज कोरोना संक्रमण भएपछि आइसोलेसनमा छन् ।

तर अघिल्लो खेलमा रोबर्टो फिर्मिनोको गोलमा भेनेजुएलालाई हराएको ब्राजिलले अरु खेलाडीमा भर गर्न सक्छ । उरुग्वेले अघिल्लो खेलमा कोलोम्बियालाई ३-० ले पराजित गरेको थियो । उक्त खेलमा एडिन्सन काभानी, सुआरेज र डार्विन न्युनेजले गोल गरेका थिए । प्रशिक्षक ओस्कार टाबारेजको १ सयौं खेलमा उरुग्वेले सानदार प्रदर्शन गरेको थियो ।

उरुग्वेसँग सुआरेजसँगै गोलरक्षक रोड्रीगो म्युनोज र लेफ्ट ब्याक माटीएस भिना साथमा छैनन् । गोलरक्षक गास्टोन ओल्भेइरालाई टोलीमा समावेश गरिएको छ । ब्राजिलसँग पनि मिडफिल्डर क्यासेमिरोको अनुपस्थितिले केहि कठिनाइ हुनसक्छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.