3 years ago
November 17, 2020
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्ध जारि मैत्रीपूर्ण सिरिजको दोस्रो तथा अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइमा छिरिङ गुरुङले डेब्यु गर्ने भएका छन् । च्यासल युवा क्लबका छिरिङ राइट ब्याक पोजिसनमा खेल्ने गर्दछन् । इलामका छिरिङले नेपालका लागि उमेर समूहका विभिन्न टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन् । छिरिङले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा […]
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशविरुद्ध जारि मैत्रीपूर्ण सिरिजको दोस्रो तथा अन्तिम खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको पहिलो रोजाइमा छिरिङ गुरुङले डेब्यु गर्ने भएका छन् ।
च्यासल युवा क्लबका छिरिङ राइट ब्याक पोजिसनमा खेल्ने गर्दछन् । इलामका छिरिङले नेपालका लागि उमेर समूहका विभिन्न टोलीबाट देशको प्रतिनिधित्व गरिसकेका छन् । छिरिङले राष्ट्रिय टोलीमा परेको पहिलो अवसरमा नै डेब्यु गर्ने अवसर पाएका हुन् ।
प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट पाँच खेलाडी परिवर्तन गर्दै तुलनात्मक रुपमा आक्रामक रणनीति अबलम्बन गरेका छन् । गोलरक्षकमा किरण चेम्जोङ नियमित रहेका छन् । डिफेन्डर अजित भण्डारीको स्थानमा छिरिङ टोलीमा आएका छन् ।
डिफेन्समा अनन्त तामाङ, विकास खवासले निरन्तरता पाएका छन् । सुमन अर्यालको स्थानमा रजिन धिमाल टोलीमा फर्केका छन् । उनले कोरोना संक्रमणका कारण अघिल्लो खेल गुमाएका थिए । मिडफिल्डमा अघिल्लो खेलमा डेब्यु गरेका एरिक विष्ट र तेज तामाङ रहेका छन् । एरिकले विक्रमको स्थानमा खेल्न लागेका हुन् । विंगर रवि पासवानको स्थानमा दर्शन गुरुङले पहिलो रोजाइमा अवसर पाएका छन् । यस्तै अन्जन विष्ट र सुजल श्रेष्ठ नियमित छन् ।
आक्रमणमा नवयुग श्रेष्ठको स्थानमा उनकै क्लबका सहकर्मी भरत खवासले खेल्दैछन् । भरतले नै टोलीको कप्तानी समेत सम्हाल्नेछन् । अघिल्लो खेलमा भरत बेन्चमा रहँदा किरणले टोलीको कप्तानी सम्हालेका थिए ।
नेपालको सुरुवाती ११ : किरण चेम्जोङ, अनन्त तामाङ, छिरिङ गुरुङ, विकास खवास, रजिन धिमाल, एरिक विष्ट, तेज तामाङ, अन्जन विष्ट, सुजल श्रेष्ठ, दर्शन गुरुङ, भरत खवास
April 25, 2024
सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]
April 25, 2024
एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]
April 25, 2024
एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]