default_image

3 years ago

November 17, 2020

राष्ट्रिय टोलीमा पुजनको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर पुजन उपरकोटीले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि डेब्यु गरेका छन् । बंगलादेशविरुद्ध सिरिजको दोस्रो खेलको दोस्रो हाफमा उनले डेब्युको अवसर पाएका हुन् । दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै पुजनले राष्ट्रिय टोलीमा पहिलो खेलको अवसर प्राप्त गरे । मनाङ मर्स्याङ्दी क्लबको मिडफिल्डबाट खेल्दै आएका पुजनले उमेर समूहमा यू२३ […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – मिडफिल्डर पुजन उपरकोटीले नेपाली राष्ट्रिय फुटबल टोलीका लागि डेब्यु गरेका छन् । बंगलादेशविरुद्ध सिरिजको दोस्रो खेलको दोस्रो हाफमा उनले डेब्युको अवसर पाएका हुन् ।

दोस्रो हाफमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दै पुजनले राष्ट्रिय टोलीमा पहिलो खेलको अवसर प्राप्त गरे । मनाङ मर्स्याङ्दी क्लबको मिडफिल्डबाट खेल्दै आएका पुजनले उमेर समूहमा यू२३ राष्ट्रिय टोलीबाट पनि खेलेका छन् । राष्ट्रिय टोलीमा उनी पहिलो पटक परेका हुन् ।

मनाङको मिडफिल्ड सम्हाल्दै आएका पुजनले झापा-११ बाट आफ्नो करिअर सुरु गरेका थिए । उनले च्यासलबाट बि डिभिजन खेलेपछि मनाङको यात्रा तय गरेका थिए । यू-२३ उमेर समूहमा पनि उनले नेपालको प्रतिनिधित्व गरेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.