default_image

3 years ago

November 17, 2020

स्पेन र जर्मनीको निर्णायक खेल

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए४ को अन्तिम चरणको खेलमा स्पेन र जर्मनी भिड्दैछन् । यस खेलको विजेताले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गर्नेछ । स्पेनका लागि मिडफिल्डर सर्जियो बुस्केट्सले पछिल्लो खेलमा चोट बोकेपछि उनी उपलब्ध हुने छैनन् । उनीसँगै जेसस नाभास, अन्सु फाती र जोसे गाया पनि चोटका कारण मैदानबाहिर रहनेछन् । म्यान्चेस्टर […]

41 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए४ को अन्तिम चरणको खेलमा स्पेन र जर्मनी भिड्दैछन् । यस खेलको विजेताले प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।

स्पेनका लागि मिडफिल्डर सर्जियो बुस्केट्सले पछिल्लो खेलमा चोट बोकेपछि उनी उपलब्ध हुने छैनन् । उनीसँगै जेसस नाभास, अन्सु फाती र जोसे गाया पनि चोटका कारण मैदानबाहिर रहनेछन् । म्यान्चेस्टर सिटीका मिडफिल्डर रोड्रीले बुस्केट्सको स्थान लिनेछन् । अल्भारो मोराटा र सर्जियो कानालेस पनि पहिलो रोजाइमा खेल्न दाबेदारी दिइरहेका छन् ।

यता जर्मनीका लागि सेन्टर डिफेन्डर एन्टोनियो रुडीगर प्रतिबन्धमा छन् । मिडफिल्डर टोनी क्रुस प्रतिबन्ध खेपेर फर्कंदा जर्मनीलाई फाइदा हुनेछ । मिडफिल्डर जोशुवा किम्मिख र रोबिन गोसेन्स दुवै चोटका कारण उपस्थित रहने छैनन् । जर्मनीको आक्रमणमा टिमो वेर्नर, सर्ज जिनाब्री र लेरोय साने नै निरन्तरता दिनेछन् ।

स्पेनले पछिल्लो दुई खेलमा जित दर्ता गर्न नसकेपछि अब जर्मनीलाई हराउनुको विकल्प छैन । यता जर्मनीलाई भने अर्को चरणमा स्थान पक्का गर्न एक अंक पर्याप्त हुनेछ । जर्मनीको ५ खेलमा अंक तथा स्पेनको ८ अंक छ । जर्मनीसँग पराजित भएर युक्रेनले आफ्नो खेलमा स्विटजरल्यान्डलाई पराजित गरे स्पेन तेस्रो स्थानमा झर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.