default_image

3 years ago

November 17, 2020

पोर्चुगलविरुद्ध क्रोएसियाको रेलिगेसनबाट जोगिने संघर्ष

एजेन्सी – यूईएफएए नेसन्स लिगको समूह ए३ को खेलमा मंगलबार क्रोएसिया र साविक विजेता पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीको अर्को चरण पुग्ने सम्भावना सकिएको छ । पोर्चुगलका लागि यो खेल प्रतिष्ठाको लडाई भएपनि क्रोएसियालाई रेलिगेसन टार्न यस खेलको नतिजा महत्त्वपूर्ण छ । समूहको तेस्रो स्थानमा रहेको क्रोएसियाको ५ खेलमा ३ अंक छ । चौथो […]

288 views

0 Bookmark

एजेन्सी – यूईएफएए नेसन्स लिगको समूह ए३ को खेलमा मंगलबार क्रोएसिया र साविक विजेता पोर्चुगलबीच प्रतिस्पर्धा हुँदैछ । दुवै टोलीको अर्को चरण पुग्ने सम्भावना सकिएको छ ।

पोर्चुगलका लागि यो खेल प्रतिष्ठाको लडाई भएपनि क्रोएसियालाई रेलिगेसन टार्न यस खेलको नतिजा महत्त्वपूर्ण छ । समूहको तेस्रो स्थानमा रहेको क्रोएसियाको ५ खेलमा ३ अंक छ । चौथो स्थानको स्विडेनको पनि ३ अंक नै छ । हेड टु हेड र गोलअन्तरमा पनि दुवै टोली बराबरी रहेकाले यस खेलको नतिजा र गोलअन्तरले क्रोएसोयाको रेलिगेसन भविष्य टुंगो लाग्नेछ ।

यस समूहबाट फ्रान्स ५ खेलमा ४ जित र १ बराबरीसहित १३ अंक छ । विश्वविजेता फ्रान्स यस समूहबाट सेमिफाइनल पुग्ने पक्का भइसकेको छ । पोर्चुगलको ५ खेलमा १० अंक भएपनि फ्रान्ससँग अंक बराबर गरे हेड टु हेडमा फ्रान्स नै अघि रहने भएको हो । अघिल्लो खेलमा फ्रान्सले पोर्चुगललाई १-० ले पराजित गरेको थियो ।

पोर्चुगलका लागि यस खेलमा डियोगो जोटाले पहिलो रोजाइमा खेल्ने सम्भावना छ । उनीसँग जोआओ फेलिक्स र क्रिस्टियानो रोनाल्डो रहनेछन् । यस्तै गोलरक्षकमा रुइ पाट्रीसियोको स्थानमा एन्थोनी लोपेसले पनि अवसर पाउन सक्नेछन् । जोआओ मोउटिन्हो पनि पहिलो रोजाइमा खेल्न दाबेदार हुन् ।

क्रोएसियाका लागि भने डिफेन्डरद्वय सालेटा सार र डोमागोज भिडा उपलब्ध छैनन् । सार प्रतिबन्धमा रहँदा भिडा र मिडफिल्डर मार्सेलो ब्रोजोभिच कोरोना संक्रमणका कारण आइसोलेसनमा छन् । ब्रुनो पेक्टोभिच र आन्द्रे क्रामारीच चोटका कारण बाहिर रहनेछन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.