default_image

3 years ago

November 18, 2020

जर्मनीमाथि स्पेनको आधा दर्जन गोल

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६-० को ऐतिहासिक जित दर्ता गरेको छ । स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १-१ गोल गरे । एकपक्षीय खेलमा स्पेनले पहिलो हाफमा नै ३-० को अग्रता बनाएको थियो । स्पेन यस जितसँगै जर्मनीलाई उछिन्दै नेसन्स […]

46 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिग अन्तर्गत समूह ए४ को अन्तिम खेलमा स्पेनले जर्मनीमाथि ६-० को ऐतिहासिक जित दर्ता गरेको छ ।

स्पेनको जितमा फेरान टोरेसले ह्याट्रिक गर्दा रोड्री, मिकेल ओयाराज्बाल र अल्भारो मोराटाले १-१ गोल गरे । एकपक्षीय खेलमा स्पेनले पहिलो हाफमा नै ३-० को अग्रता बनाएको थियो । स्पेन यस जितसँगै जर्मनीलाई उछिन्दै नेसन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।

खेलको सुरुवाती केहि मिनेट जर्मनीले खेलमा दबाब बनाएपनि स्पेनले एक पछि अर्को जर्मन आक्रमण विफल पार्दै खेल बराबरीमा राख्यो । १५ औं मिनेटमा अल्भारो मोराटाको प्रहारले पोस्टको दिशा लिन सकेन । १७ औं मिनेटमा भने स्पेन अग्रता बनाउन सफल रहयो । फाबियन रुइजको कर्नरमा मोराटाको हेडरलाई कप्तान तथा गोलरक्षक म्यानुएल नोएरले बचाउन सकेनन् ।

३३ औं मिनेटमा फेरान टोरेसले गोल गर्दै अग्रता दोब्बर पारे । ड्यानी ओल्मोको हेडर क्रसबारमा लागेर फर्केपछि पेनाल्टी क्षेत्रभित्र अनमार्क रहेका टोरेसले गोल गरेका थिए । ३८ औं मिनेटमा स्पेनले ३-० को अग्रता बनाउन सफल भयो । फाबियनकै कर्नरमा रोड्रीले गरेकको फ्लिक हेडर फार पोस्टमा गोल हुन पुगेको थियो । ४३ औं मिनेटमा कप्तान सर्जियो रामोसले चोट बोकेपछि उनको स्थानमा एरिक गार्सिया मैदान प्रवेश गरेका थिए ।

दोस्रो हाफमा जर्मनीले डिफेन्डर परिवर्तन गरेपनि गोलको क्रम रोक्न भने सकेन । ५५ औं मिनेटमा टोरेसले व्यक्तिगत दोश्र गोल गर्न सफल रहे । फाबियनको थ्रु बललाई जोसे गयाले पेनाल्टी क्षेत्रभित्र लग्दै आफैं प्रहार नगरी टोरेसलाई खालि पोस्टमा गोल गर्ने अवसर दिए । जसमा टोरेसले कुनै गल्ति गरेनन् ।

टोरेसले ७१ औं मिनेटमा ह्याट्रिक पूरा गरे । फाबियनको पासमा टोरेसले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई नोएरले बचाउने प्रयास गरेपनि सफल हुन सकेनन् । ७७ औं मिनेटमा जर्मनीका सर्ज जिनाब्रीको प्रहार पोस्टमा लाग्दा जर्मनीले सान्त्वना गोल पनि पाउन सकेन । ९० औं मिनेटमा जोसे गयाको पासमा ओयारज्बालले सहजै गोल गर्दै ६-० को जित पक्का गरे ।

यस जितसँगै स्पेनले यूईएफए नेसन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । स्पेनले ६ खेलमा ३ जित, २ बराबरी र १ हारसँगै ११ अंक जोड्यो । दोस्रो स्थानको जर्मनीले ६ खेलमा २ जित, ३ बराबरी र १ हारका साथ ९ अंक बनायो ।

यसै समूहको अर्को खेल भने कोरोना संक्रमणका कारण आयोजना हुन सकेन । स्विटजरल्यान्डले युक्रेनको सम्पूर्ण टोलीलाई क्वारेन्टिनमा राखेपछि यूईएफएले खेल रद्द गर्ने निर्णय गरेको हो । युक्रेनको ६ अंक छ भने स्विटजरल्यान्ड ३ अंकसहित पुछारमा छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.