default_image

3 years ago

November 18, 2020

ब्राजिलले उरुग्वेलाई हरायो

एजेन्सी – फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत चौथो खेलमा ब्राजिलले उरुग्वेमाथि २-० को जित दर्ता गरेको छ । प्रतियोगितामा शत प्रतिशत जितको नतिजालाई कायम राख्ने क्रममा ब्राजिलले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा उरुग्वेका फरवार्ड एडिन्सन काभानी रातो कार्ड खाँदै मैदान बाहिरीएपछि नेयमारबिना उत्रिएको ब्राजिलको जित थप सहज बनेको […]

31 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत चौथो खेलमा ब्राजिलले उरुग्वेमाथि २-० को जित दर्ता गरेको छ ।

प्रतियोगितामा शत प्रतिशत जितको नतिजालाई कायम राख्ने क्रममा ब्राजिलले दुवै गोल पहिलो हाफमा गरेको थियो । दोस्रो हाफमा उरुग्वेका फरवार्ड एडिन्सन काभानी रातो कार्ड खाँदै मैदान बाहिरीएपछि नेयमारबिना उत्रिएको ब्राजिलको जित थप सहज बनेको थियो ।

उरुग्वेले पहिलो हाफमा पाएका दुई अवसर पोस्टमा लागेपछि खेलमा दबाब बढाउने अवसर गुमाएको थियो । पहिलो हाफको सुरुवातमा डार्विन न्युनेज चुक्दा उरुग्वेले अग्रता लिन सकेन । पहिलो हाफमा दुवै टोली उस्तै देखिएपनि ब्राजिलले अन्तिम ११ मिनेटमा २ गोल गर्न सफल रहयो ।

२४ औं मिनेटमा युभेन्टसका मिडफिल्डर आर्थर मेलोले झन्डै २० यार्ड टाढाबाट गोल गरे । उनले ग्यब्रिएल जेससको पासलाई नियन्त्रणमा लिँदै गरेको प्रहार डिफेन्डरलाई लाग्दै गोल भएको थियो । त्यसको दुई मिनेट नबित्दै रोबर्टो फिर्मिनोले अग्रता दोब्बर पार्ने अवसर गुमाए ।

तर ४५ औं मिनेटमा ब्राजिल २-० ले अघि बढ्यो । रेनान लोडीको कर्नरमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई २-० ले अघि बढाए । इन्ज्युरी समयमा उरुग्वेले खेलमा फर्कने अवसर पाएको थियो । निकोलस डे ला क्रुजको सेट पिसमा डिएगो गोडीनको हेडर पोस्टमा कागेर बाहिरियो ।

७१ औं मिनेटमा काभानीले रिचार्लीसनमाथि गरेको फलमा पहेंलो कार्ड पाएपनि भीएआरले त्यसलाई रातो दिन रेफ्रीलाई निर्देशन गर्यो । लगत्तै उरुग्वेका लागि मार्टिन कासेरेसले गोल गरेपनि अफसाइड हुन पुग्यो ।

यस जितले ब्राजिल ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको अर्जेन्टिनाको ४ खेलमा १० अंक रहेको छ । पराजित उरुग्वे भने ४ खेलमा ६ अंक जोड्दै पाँचौ स्थानमा छ ।

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

March 27, 2024

बेलिङहमको गोलमा इंग्ल्यान्ड हारबाट जोगियो

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर जुड बेलिङहमले अन्तिम समयमा गोल गरेपछि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा इंग्ल्यान्ड हारबाट जोगिएको छ । घरेलु मैदानमा इंग्ल्यान्डले बेल्जियमसँग २–२ गोलको बराबरी खेलेको हो । एक गोल इभान टोनीले गरे । बेल्जियमका लागि दुवै गोल युरी टिलेमान्सले गरेपनि जितको लागि पर्याप्त भएन । वेम्वली स्टेडियम लन्डनमा मंगलबार राति भएको […]

Success

Thank you for your time.