default_image

3 years ago

November 18, 2020

अर्जेन्टिनाको अपराजित यात्रा कायमै

एजेन्सी – अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत चौथो खेलमा पेरुलाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ । अर्जेन्टिनाले खेलको १७ औं मिनेटमा अग्रता लिएको थियो । जिओभानी लो सेल्सोको पासमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । २४ औं मिनेटमा कप्तान लिओनेल मेस्सीको पासमा निकोलस टाग्लीयाफिकोको प्रहारलाई गोलरक्षकले बचाए […]

28 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोट अन्तर्गत चौथो खेलमा पेरुलाई पराजित गर्दै अपराजित यात्रा कायम राखेको छ ।

अर्जेन्टिनाले खेलको १७ औं मिनेटमा अग्रता लिएको थियो । जिओभानी लो सेल्सोको पासमा निकोलस गोन्जालेजले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । २४ औं मिनेटमा कप्तान लिओनेल मेस्सीको पासमा निकोलस टाग्लीयाफिकोको प्रहारलाई गोलरक्षकले बचाए । त्यसअघि पेरुले गोलको अवसर पाएपनि त्यसलाई सदुपयोग गर्न सकेन ।

अर्जेन्टिनाले २८ औं मिनेटमा अग्रता दोब्बर पार्यो । लिआनद्रो पारेडेसको थ्रु बललाई लौटारो मार्टिनेजले अघि बढाउँदै गोलरक्षकलाई समेत छलाउँदै गोल गर्न सफल रहे । ६० औं मिनेटमा गोलरक्षक पेद्रो गालेसेले लुकास ओकाम्पसको प्रहार रोक्दै अग्रता बढाउन दिएनन् ।

अर्जेन्टिना यस छनोटमा लगातार चौथो खेलमा अपराजित यात्रा कायम राख्दै समग्रमा ११ खेल अपराजित रहेको छ । पछिल्लो तीन खेलमा पेरुमा बराबरीमा रोकिएको अर्जेन्टिनाले सन् २००४ यता पहिलो जित हासिल गर्यो ।

छनोटको अंक तालिकामा ब्राजिल ४ खेलमा १२ अंकसहित शीर्षस्थानमा रहेको छ । दोस्रो स्थानको अर्जेन्टिनाको ४ खेलमा १० अंक रहेको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.