default_image

3 years ago

November 18, 2020

कोरोना भएपछि व्यवस्थापक उपाध्याय फुटबल टोलीसँग नफर्कने

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको सिरिज गुमाएको नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वेदश फर्कने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका अनुसार नेपाली समय अनुसार फुटबल टोली दिउँसो १२ः०० बजे स्वदेशका लागि उड्नेछ । दुई मैत्रीपूर्ण खेलको सिरज नेपालले १–० ले गुमाएको थियो । पहिलो खेलमा २–० को हार […]

30 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेशसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको सिरिज गुमाएको नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार स्वेदश फर्कने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका अनुसार नेपाली समय अनुसार फुटबल टोली दिउँसो १२ः०० बजे स्वदेशका लागि उड्नेछ । दुई मैत्रीपूर्ण खेलको सिरज नेपालले १–० ले गुमाएको थियो । पहिलो खेलमा २–० को हार बेहोरेको नेपालले मंगलबारको खेल गोलरहित बराबरी खेलेको थियो ।

मैत्रीपूर्ण खेलको तयारीका क्रममा ७ खेलाडीलाई कारोना संक्रमण भएको थियो । जसका कारण ८ नयाँ खेलाडीका साथ नेपाली टोली बंगलादेश पुगेको थियो । नयाँ ८ मध्ये ६ खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यू गरेका छन् ।

मुख्य प्रशिक्षक योहन कालिन कोरोना महामारीका कारण स्विडेनमा रहेका कारण एन्फाले बालगोपाल महर्जनलाई कार्यवहाक प्रशिक्षकको जिम्मेवारी दिएको थियो । बंगलादेश पुगेपछि टोलीका रक्षक रजिन धिमाललाई कोरोना संक्रमण पुष्टी भएको थियो ।

अर्को परिक्षणमा कारोना नेगेटिभ आएपछि रजिनले मंगलबारको खेल पहिलो रोजाईमा खेलेका थिए । टोली फर्कने तयारीमा रहँदा व्यवस्थापक मधुसुदन उपाध्यायलाई कोरोना संक्रमण भएको छ । उपाध्यायका अनुसार उनलाई लक्षण पनि छ ।

यसअघि ३ पटकको परिक्षणमा नेगेटिभ आएपछि मंगलबारको परिक्षणमा पोजेटिभ देखिएको उनले जानकारी दिए । खेलाडी , प्रशिक्षक लगायत अन्य ३५ जनको परिक्षण भने नेगेटिभ आएको छ । आफू बाहेक सबै बिहीबार फर्कने जनाउँदै उपाध्यायले भने,‘ म परिक्षण नेगेटिभ आएपछि मात्र फर्कन्छु ।’

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.