default_image

3 years ago

November 18, 2020

पोखरामा फुटबल मैदान थपिदैँ

विजय नेपाली, पोखरा पोखरामा अर्को फुटबल मैदान थपिने भएको छ । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबल पोखरामा भएसंगै मैदान निमार्णको काम सुरु हुन थालेका छन् । पोखरा रंगशालाभित्र दुई मैदान निमार्ण भएको छ । लामाचौर र हेम्जामा समेत मैदान निमार्णको काम अघि बढेको छ । भण्डार ढिकमा पनि फुटबल मैदान […]

75 views

0 Bookmark

विजय नेपाली, पोखरा

पोखरामा अर्को फुटबल मैदान थपिने भएको छ । १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को महिला फुटबल पोखरामा भएसंगै मैदान निमार्णको काम सुरु हुन थालेका छन् । पोखरा रंगशालाभित्र दुई मैदान निमार्ण भएको छ ।

लामाचौर र हेम्जामा समेत मैदान निमार्णको काम अघि बढेको छ । भण्डार ढिकमा पनि फुटबल मैदान छ । पोखरामा अब भने उच्च स्थानको खेल मैदान बन्ने भएको छ । जसलाई हाइअल्टिच्युट मैदानमा रुपमा समेत हेरिएको छ ।

अब पोखराको फुटबललाई मात्र नभई पर्यटनलाई समेत तान्ने विश्वास लिइएको छ । समुद्री सतह देखि करिब १७ सय मिटरको उचाइमा बन्न लागेको मैदान महानगरकै उच्च भागमा बन्न लागेको मैदान हो ।

पोखरा–२० भलाम आँटिघरमा बन्न लागेको मैदानले खेल पर्यटनमा वृद्धि ल्याउने स्थानीयको विश्वास छ । बर्षेनी साना फुटबल प्रतियोगिता (सेभेन ए साइड) भइरहने पोखरामा हाइअल्टिच्युट मैदान बन्दा प्रतियोगिताका लागि वैकल्पिक मैदान र खेलाडीको स्तर वृद्धि मद्दत पुग्ने विश्वास कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरुङ रहेको छ ।

पोखरामा दुई ठुला अन्तर्राष्ट्रियस्तर स्तरको फुटबल प्रतियोगिताका साथै सेभेन ए साइड र पछिल्लो समय जिल्ला लिग, प्रदेश लिग, क्लब लिग समेत हुने गरेका छन् । तर यसअघि पर्याप्त मैदानको अभाव थियो । कुनै प्रतियोगिता गर्नको लागी पोखरा रंगशालामा रहेको फुटबल मैदान, लेखनाथको भण्डारढिकको मात्र थियो ।

१३ औं साग पछि भने लामाचौर र हेम्जामा समेत मैदान बनेको छ । आँटीघरमा महानगरकै उच्च स्थानको खेल मैदान (हाइ अल्टिच्युट) निर्माणको लागि डिपिआरको काम अघि बढेको अध्यक्ष गुरुङले जानकारी दिए । गुरुङले खेलाडीको लागि हाइ अल्टिच्युट मैदान महत्वपूर्ण हुने बताए ।

करिब एक सय ५० रोपनी रहेको जग्गामा प्राकृतिक प्यारापिट सहितको अन्तर्राष्ट्रियस्तर स्तरको फुटबल मैदान बन्ने उनले आशा राखेका छन् । त्यो मैदान नेपाली महिला राष्ट्रिय फुटबल टोलीका सदस्यले समेत अवलोकन गरिसकेका थिए । खेलाडीको लागि अनुकुल वातावरण रहेको र हिमालको काखमा रहेको मैदानमा तालिम गर्दा खेलाडिको मनोबल बढ्ने विश्वास अध्यक्ष गुरुङले लिएका छन् ।

आफ्नो क्षेत्रमा अन्तर्राष्ट्रियस्तर स्तरको मैदान निर्माणले खेलकुदको साथसाथै गाँउको समेत विकास हुने हुदाँ स्थानीयहरुले भने उक्त कार्यलाई स्वागत गरेका छन् । कास्की जिल्ला फुटबल संघको पहलमा बन्न लागको मैदानको लागि महानगरले चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ समेत छुट्याएको छ ।

यो बाहेक सो क्षेत्रमा साढे ८ लाखको काम भइ सकेको छ । सो रकमले मैदान सम्म पुग्ने बाटो सम्याउने लगायतको काम समपन्न भइ सकेको बताइएको छ । स्थानीय समाजसेवी तिलबहादुर गुरुङले मैदानको लागी आर्थिक देखि जग्गा समेत सहयोग गर्न तयार रहेको बताए । उनकै अध्यक्षतामा महानगर र वडा कार्यालयबाट गरि साढे ८ लाखको काम सम्पन्न भएको छ ।

‘यो महानगरमै जोडिएको साबिकको मौजा गाविस पिछडिएको क्षेत्र पर्छ । मैदान बनेपछि पर्यटन विकास हुने र गाउँको आर्थिक विकास समेत हुने हुदाँ हामी अत्यन्तै खुशी छौ,’ गुरुङले भने ।
त्यस्तै स्थानीय यमन गुरुङले आफ्नो ठाउँमा मैदान नहुदा छोराको सम्झनामा हुने फुटबल प्रतियोगीता समेत बाहिर गर्न परेको बताए ।

गुरुङका छोरा अमन गुरुङको स्मृतिमा पोखरामा फुटबल प्रतियोगिता हुने गर्दछ । राष्ट्रियस्तरको मैदान निर्माण हुँदा पर्यटन प्रबर्द्धनमा समेत टेवा पुग्ने बताए मैदानले आफ्नो गाउँमा बाटो समेत पुग्ने र आफू बाल्यकालमा खेलेको स्थानमा मैदान बन्दा खुसी लागेको सुनाए ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.