default_image

3 years ago

November 18, 2020

जर्मनीको हारले बनाएको इतिहास

एजेन्सी – स्पेनले यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राती जर्मनीलाई ६-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गर्यो । स्पेनको जितमा युवा विंगर फेरान टोरेसले ह्याट्रिक प्रहार गरे । एकातर्फ प्रतियोगिताको समिकरण हेर्दा स्पेन अर्को चरणमा पुग्यो भने बराबरी पर्याप्त हुने जर्मनी बाहिरिन पुग्यो । यससँगै जर्मनीका प्रशिक्षक जोकिम लोमाथि पनि दबाब बढेको छ […]

60 views

0 Bookmark

एजेन्सी – स्पेनले यूईएफए नेसन्स लिग अन्तर्गत मंगलबार राती जर्मनीलाई ६-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा स्थान पक्का गर्यो । स्पेनको जितमा युवा विंगर फेरान टोरेसले ह्याट्रिक प्रहार गरे ।

एकातर्फ प्रतियोगिताको समिकरण हेर्दा स्पेन अर्को चरणमा पुग्यो भने बराबरी पर्याप्त हुने जर्मनी बाहिरिन पुग्यो । यससँगै जर्मनीका प्रशिक्षक जोकिम लोमाथि पनि दबाब बढेको छ । स्पेनविरुद्ध ६-० को हार जर्मनीले ९० वर्षयता बेहोरेको सबैभन्दा फराकिलो हार हो । कुनैपनि प्रतियोगितामा भने यो हालसम्मकै खराब नतिजा हो ।

स्पेनका लागि फेरान टोरेसले ह्याट्रिक गर्दा अल्भारो मोराटा, रोदरी र मिकेल ओयाराज्बालले १-१ गोल गरे । पहिलो हाफमा नै कप्तान सर्जियो रामोस र सर्जियो कानालेसलाई गुमाउनुका बाबजुद स्पेनले खेल अवधिभर नै जर्मनीलाई दबाबमा राख्यो ।

जर्मनीले पछिल्लो पटक सन् २००१ मा इंग्ल्यान्डविरुद्ध ५-१ को हार बेहोरेको थियो । त्यस्तै सन् १९५४ को विश्वकपमा पश्चिम जर्मनीसँग ८-३ को हारले पनि खुब चर्चा बटुल्ने गर्दथ्यो । सन् १९३१ मा पनि जर्मनी अष्ट्रियासँग ६-० ले नै पराजित भएको थियो ।

खेल अवधिभर नै जर्मनीले स्पेनको पोस्टमा आक्रमण बुन् सकेन । बल पोसेसनको ३० प्रतिशत मात्र पकड जर्मनीको पक्ध्मा थियो । आधा दर्जन गोल गरेको स्पेनले २३ पटक प्रहार गर्दा १६ प्रहार भने पेनाल्टी क्षेत्र भित्रबाट रहेको थियो ।

खेलको म्यान अफ द म्याच घोषित टोरेस जर्मनीविरुद्ध ह्याट्रिक गर्ने पहिलो स्पेनिस खेलाडी बने । यस्तै स्पेनले पहिलो पटक जर्मनीविरुद्ध पहिलो हाफमा नै ३ गोल गर्न सफल भयो ।

स्पेनका गोलरक्षक उनाइ सिमोनले खेल अवधिभर ४१ पास दिएका थिए । जर्मनीका लागि टोनी क्रुस (४३ पास) ले मात्र सिमोनभन्दा बढी पास दिन सफल रहे । जर्मनीका कप्तान तथा गोलरक्षकका लागि भने यो करिअरकै सर्वाधिक खराब प्रदर्शन रहयो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.