default_image

3 years ago

November 19, 2020

लुकाकुको दुई गोलमा बेल्जियमको सहज जित

एजेन्सी – रोमेलु लुकाकुको दुई गोल सहयोगमा बेल्जियमले युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा डेनमार्कमाथि सहज जित हात पारेको छ । किङ पावर डिन ड्रिफ स्टेडियम हर्भेलिमा बुधबार राति भएको खेलमा घरेलु टोली बेल्जियमले डेनमार्कलाई ४–२ ले हराएको हो । बेल्जियमको जितमा लुकाकुले दुई गोल गर्दा युरी टिलेमान्स र केभन डि ब्रुयनले समान एक […]

39 views

0 Bookmark

एजेन्सी – रोमेलु लुकाकुको दुई गोल सहयोगमा बेल्जियमले युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा डेनमार्कमाथि सहज जित हात पारेको छ ।

किङ पावर डिन ड्रिफ स्टेडियम हर्भेलिमा बुधबार राति भएको खेलमा घरेलु टोली बेल्जियमले डेनमार्कलाई ४–२ ले हराएको हो । बेल्जियमको जितमा लुकाकुले दुई गोल गर्दा युरी टिलेमान्स र केभन डि ब्रुयनले समान एक गोल गरे । डेनमार्कका जोनस वाइन्डले एक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

खेलको तेस्रो मिनेटमा नै युरी टिलेमान्सको गोलमा बेल्जियमले खेलमा अग्रता लिएको थियो । १७औं मिनेटमा मार्टिन ब्रेथवेटको पासमा जोनास वाइन्डले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । पहिलो हाफ १–१ गोलको बराबरीमा सकिदा दोस्रो हाफमा बेल्जियमले तीन गोल गर्न सफल हुदा डेनमार्कले एक गोल फर्कायो ।

५६औं मिनेटमा केभिन डि ब्रुयनको पासमा रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमलाई २–१ को अग्रता दिलाए । ६९औं मिनेटमा थोर्गन हाजार्डको पासमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई सहज जिततर्फ अघि बढाए । ८६औं मिनेटमा नासिर चाड्लीले आत्मघाती गोल गरेपछि खेल ३–२ को अवस्थामा पुगेको थियो । त्यसको एक मिनेटपछि केभिन डि ब्रुयनले गोल गर्दै बेलिज्यमलाई ४–२ को जित दिलाए ।

यो जितसँगै लिग ए २ मा बेल्जियमको ६ खेलबाट १५ अंक पुगेको छ । पराजित डेनमार्क १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ । इंग्ल्यान्डले पनि १० अंक जोडेर तेस्रो स्थानमा छनोट सकाउदा आइसल्यान्ड अंक विहीन हुदै रेलिगेसनमा परेको छ ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.