default_image

3 years ago

November 19, 2020

इटाली नेसन्स लिगको सेमिफाइनलमा

एजेन्सी – युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा इटालीले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गरेको छ । अब इटालीले नेसन्स लिगका उपाधिका लागि स्पेन, फ्रान्स र बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति भएको खेलमा इटालीको सहज जितमा एन्ड्रिया बेलोट्टी र डोमिनिको बेरार्डीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल सम्भव […]

44 views

0 Bookmark

एजेन्सी – युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा इटालीले बोस्निया एन्ड हर्जगोभिनालाई २–० ले पराजित गरेको छ ।

अब इटालीले नेसन्स लिगका उपाधिका लागि स्पेन, फ्रान्स र बेल्जियमसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति भएको खेलमा इटालीको सहज जितमा एन्ड्रिया बेलोट्टी र डोमिनिको बेरार्डीले गोल गरे । पहिलो र दोस्रो हाफमा समान १–१ गोल सम्भव भएको थियो ।

खेलको २२औं मिनेटमा एन्ड्रिया बेलोट्टीको गोलबाट अग्रता लिएको थियो । उनले लोरेन्जो इन्सिग्नेको पासमा गोल गरेका थिए । २५औं मिनेटमा डोमिनिको बेरार्डीले अवसर खेर फाल्दा इटाली अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३९औं मिनेटमा स्मेल प्रिभजाकले बराबरीको सुवर्ण अवसर खेर फाल्यो । ४४औं मिनेटमा बोस्नियाले बराबरीको अवसर खेर फाल्यो । ५४औं मिनेटमा मिरालेम प्यानिचले अर्काे अवसर खेर फाल्दा बोस्निया बराबरीबाट चुक्यो ।

६८औं मिनेटमा बेरार्डीले गोल गर्दै इटालीलाई २–० ले अघि बढाए । उनले म्यानुयल लोकाटेलीको पासमा गोल गरेका थिए । ८८औं मिनेटमा लोरेन्जो इन्सिग्नेको पासमा फेडरिको बर्नारडेस्चीको प्रहार क्रसबारमा लागेर फर्कंदा इटाली अर्काे गोल थप्नबाट असमर्थ बन्यो ।

यो जितसँगै लिग ए १ मा इटाली ६ खेलबाट १२ अंक जोडेर शीर्षस्थानमा रह्यो । पराजित बोस्निया २ अंकसहित पुछारमा रहँदै रेलिगेसनमा परेको छ । ११ अंक जोडेर नेदरल्यान्ड्स र ७ अंक जोडेको पोल्यान्ड यसै समूहमा यथावत छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.