default_image

3 years ago

November 19, 2020

डिपाए चम्कँदा नेदरल्यान्ड्सको जित

एजेन्सी – मेम्फिस डिपाए र जर्जिन्हो वाइनाल्डमको गोलमा नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई २–१ ले पराजित गरेको छ । पोल्यान्डका कामिल जोजवियाकले गरेको गोल सान्त्वना बन्यो । स्टेडियम स्लास्कीमा बुधबार राति भएको खेलमा घरेलु टोली पोल्यान्डले खेलको छैटौ मिनेटमा कामिलको गोलबाट अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई पोल्यान्डले जोगाउन सकेन […]

30 views

0 Bookmark

एजेन्सी – मेम्फिस डिपाए र जर्जिन्हो वाइनाल्डमको गोलमा नेदरल्यान्ड्सले युइएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेलमा पोल्यान्डलाई २–१ ले पराजित गरेको छ ।

पोल्यान्डका कामिल जोजवियाकले गरेको गोल सान्त्वना बन्यो । स्टेडियम स्लास्कीमा बुधबार राति भएको खेलमा घरेलु टोली पोल्यान्डले खेलको छैटौ मिनेटमा कामिलको गोलबाट अग्रता लिएको थियो ।

तर, त्यो अग्रतालाई पोल्यान्डले जोगाउन सकेन । अन्तिम १३ मिनेट बाँकी रहँदा मेम्फिस डिपाए र जर्जिन्हो वाइनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सको जित सुनिश्चित गरे । ७७औं मिनेटमा डिपाएले पेनाल्टीमार्फत गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

जान बेडनारेकले पेनाल्टी बक्समा जर्जिन्हो वाइनाल्डमलाई लडाएपछि प्राप्त पेनाल्टीमा डिपाए चुकेनन् । ८४औं मिनेटमा वाइनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ को पूनरागमन जित दिलाए ।

यो जितसँगै लिग ए १ मा नेदरल्यान्ड ११ अंक जोडेर दोस्रो स्थानमा रह्यो । पोल्यान्ड ७ अंकसहित तेस्रो तथा बोस्निया एन्ड हर्जगोभिना रेलिगेसनमा पर्दा इटाली शीर्षस्थानमा रहँदै नेसन्स लिगको अन्तिम चारमा पुग्न सफल भयो ।

अन्य नतिजा

बोस्निया एन्ड हर्जगोभिनाविरुद्ध इटाली (०–), बेल्जियमविरुद्ध डेनमार्क (–२), इंग्ल्यान्डविरुद्ध आइसल्यान्ड (–०), अष्ट्रियाविरुद्ध नर्वे (१–१), नर्दन आयरल्यान्विरुद्ध रोमानिया (१–१), चेक रिपब्लिकविरुद्ध स्लोभाकिया (–०)

इजरायलविरुद्ध स्कटल्यान्ड (–०), हंगेरीविरुद्ध टर्की (२–०), सर्वियाविरुद्ध रसिया (–०), आयरल्यान्डविरुद्ध बुल्गेरिया (०–०), वेल्सविरुद्ध फिनल्यान्ड (–१), ग्रीसविरुद्ध स्लोभेनिया (०–०), कोसोभोविरुद्ध मोल्दोभा (–०)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.