3 years ago
November 19, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बोलाउन ब्राजिलियन स्टार नेयमारले फोन सम्पर्क गरेको खुलासा भएको छ । स्पेनिस संचारमाध्यम एएसका अनुसार पिएसजीले रामोसलाई ३ वर्षको सम्झौता दिने प्रस्ताव अघि सारेको छ । फ्रान्सेली क्लबले रामोसलाई वार्षिक २० मिलियन युरो प्रस्ताव गर्ने तयारी गरेको छ । रामोसको […]
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बोलाउन ब्राजिलियन स्टार नेयमारले फोन सम्पर्क गरेको खुलासा भएको छ ।
स्पेनिस संचारमाध्यम एएसका अनुसार पिएसजीले रामोसलाई ३ वर्षको सम्झौता दिने प्रस्ताव अघि सारेको छ । फ्रान्सेली क्लबले रामोसलाई वार्षिक २० मिलियन युरो प्रस्ताव गर्ने तयारी गरेको छ । रामोसको रियलसँगको सम्झौता यस सिजनपछि सकिनेछ । रामोसले चाहेको खण्डमा जनवरीमै अन्य क्लबसँग सम्झौताबारे छलफल गर्न पाउनेछन् ।
रियलले क्लबको विधिअनुसार ३० वर्ष काटेका खेलाडीलाई हरेक वर्ष एक सिजन नविकरण गर्दै आएको छ । तर रामोसले भने कम्तिमा तीन वर्ष सम्झौता हुनुपर्ने अडान राखेका छन् । रियलमा सहमति हुन नसके उनलाई पेरिस ल्याउन पिएसजी तत्पर छ । यसैक्रममा नेयमारले पनि रामोसलाई पिएसजी आउन आग्रह गर्दै सम्पर्क गरेका हुन् ।
ब्राजिलियन पत्रिका एल चिरिन्गुइतोको अनुसार नेयमारले पिएसजीमा सम्झौता नविकरण गर्न रामोसको आगमन निर्णायक हुने बताएका छन् । रामोस पिएसजी आउन सहमत भए आफूसँगै युवा फरवार्ड किलीयन एम्बाप्पेले पनि क्लबसँग नयाँ सम्झौता गर्ने उनले बताएका छन् ।
नेयमार र एम्बाप्पे दुवैको सम्झौता सन् २०२२ मा समाप्त हुँदैछ । तर फ्रान्सेली क्लबले दुवै खेलाडीको सम्झौता लम्ब्याउने प्रयास गरिरहेको छ । यता रामोस मात्र पछिल्लो समय पिएसजीसँग जोडिएका ठूला नाम होइनन् । गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पराजित पिएसजीले लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोमाथि पनि नजर राखेको छ । यद्यपि यी दुईबारे भने क्लबले ठोस कदम अघि चालेको छैन ।
April 18, 2024
एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]
April 18, 2024
एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]
April 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]