default_image

3 years ago

November 19, 2020

रियल म्याड्रिडको डिफेन्समा संकट

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका लागि यस सिजन अपेक्षा गरेअनुसार चल्न सकेको छैन । लिगमा औसत प्रदर्शन गरिरहेको रियल च्याम्पियन्स लिगमा संघर्षरत छ । पछिल्लो अन्तर्राष्ट्रिय ब्रेकमा खेलाडीहरु आ-आफ्नो राष्ट्रिय टोलीबाट फर्कंदा टोलीमा चोटको संकट अझै थपिएको छ । मुख्य रुपमा रियलको डिफेन्समा खेल्ने अधिकांश खेलाडी चोटका कारण बाहिर रहेका छन् । रियलले लिगमा […]

46 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन रियल म्याड्रिडका लागि यस सिजन अपेक्षा गरेअनुसार चल्न सकेको छैन । लिगमा औसत प्रदर्शन गरिरहेको रियल च्याम्पियन्स लिगमा संघर्षरत छ ।

पछिल्लो अन्तर्राष्ट्रिय ब्रेकमा खेलाडीहरु आ-आफ्नो राष्ट्रिय टोलीबाट फर्कंदा टोलीमा चोटको संकट अझै थपिएको छ । मुख्य रुपमा रियलको डिफेन्समा खेल्ने अधिकांश खेलाडी चोटका कारण बाहिर रहेका छन् । रियलले लिगमा भिल्लारियल र त्यसको केहि दिनपछि इन्टर मिलानसँग खेल्दा यी खेलाडी खेल्ने नखेल्ने पक्का भएको छैन ।

सर्जियो रामोस

रामोसले मंगलबार जर्मनीविरुद्ध खेलको पहिलो हाफमा नै चोटका कारण मैदान छाडेका थिए । उनको ह्यामस्ट्रीङमा केहि समस्या देखिएपछि तुरुन्त मैदान छाडेका थिए । रियल फर्केर विस्तृत परिक्षण गरेपछि उनको चोटबारे थाहा हुनेछ । उनले भिल्लारियल र इन्टर मिलानको खेल भने गुमाउने सम्भावना छ ।

राफेल भारान

रामोसजस्तै भारान पनि राष्ट्रिय टोलीबाट खेल्दा घाइते हुन पुगे । स्विडेनविरुद्ध ४-२ को जित दर्ता गरेको खेलमा भारानको काँधमा चोट लागेको थियो । भारानको चोट सामान्य भएपनि भिल्लारियलविरुद्ध विश्राम दिएर इन्टरका लागि उनलाई पूर्ण रुपमा तयार राख्ने सम्भावना छ ।

एडर मिलिसाओ

ब्राजिलियन डिफेन्डरले मिलिसाओले कोरोना संक्रमणका कारण पछिल्लो १६ दिनयता प्रशिक्षण गर्न पाएका छैनन् । उनको अर्को कोरोना परिक्षण शुक्रबारसम्म हुनेछ । नतिजा नेगेटिभ आएको खण्डमा उनलाई टोलीमा समेटिन सक्छ । तर लामो समय मैदानबाहिर रहेका कारण उनी सिधै पहिलो रोजाइमा फर्कने सम्भावना कम छ ।

नाचो फर्नान्डेज

फर्नान्डेजले बार्सिलोनाविरुद्ध अक्टोबर २४ मा भएको खेलमा चोट बोकेका थिए । त्यसपछि ठिक भएर उनी हाल प्रशिक्षणमा सामेल भैसकेका छन् । पूर्ण फिट नभएपनि टोलीका अन्य डिफेन्डर नभएको अवस्थामा उनले नै खेल्नुपर्ने अवस्था आउन सक्छ ।

ड्यानी कार्भाजल

कार्भाजलले सेप्टेम्बर २० मा रियल भालाडोलिडको सामना गरेपछि मैदानमा फर्केका छैनन् । झन्डै डेढ महिनापछि उनी मैदानमा पुनरागमन गर्ने तयारीमा छन् । उनको आगमनले जिदानलाई राइट ब्याक पोजिसनको टाउको दुखाइ भने अन्त्य हुनेछ ।

अल्भारो ओड्रीओजोला

कार्भाजलसँगै घाइते हुन पुगेका ओड्रीओजोला पनि टोलीमा फर्केका छन् । उनको आगमनले राइट ब्याक पोजिसनमा प्रतिस्पर्धा बढेको छ । लुकास भाज्केजले पनि उक्त पोजिसनमा खेल्दै आफ्नो क्षमता देखाएका छन् ।

फर्लान्ड मेन्डी

लेफ्ट ब्याक मेन्डीले चोटका कारण फ्रान्ससँग अन्तर्राष्ट्रिय खेल खेल्न पाएनन् । मांशपेशीमा समस्या देखिएपछि उनले राष्ट्रिय टोलीमा समावेश भएका थिएनन् । मेन्डीले पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेको कारण पनि उनको अभाव महसुस भएको छ । मार्सेलोको कमजोर प्रदर्शनले पनि मेन्डीको महत्त्व बढेको छ ।

फेडे भालभेर्डे

उरुग्वेली मिडफिल्डरले आवश्यक परेको बेलामा रियलको रक्षापंक्तिमा पनि खेल्नुपर्ने हुन्छ । रक्षात्मक खुबीका कारण पनि उनी रामोस र भारान दुवै नहुँदा सेन्टर डिफेन्समा उत्रिन सक्छन् । क्यसेमिरो फर्कनुले पनि मिडफिल्डमा सन्तुलन बनाउन जिदानलाई सहज हुनेछ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.