default_image

3 years ago

November 19, 2020

प्रशिक्षक ग्वार्डिओला सिटीमै रहने

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले बिहीबार थप दुई वर्षको लागि नयाँ सम्झौता गरेका हुन् । यससँगै ग्वार्डिओला सन् २०२३ सम्म सिटीमा रहनेछ । ग्वार्डिओलाको सम्झौता यसै सिजनको अन्त्यसम्म रहेको थियो । ४९ वर्षीय प्रशिक्षक ग्वार्डिओला सन् २०१६ मा जर्मन क्लब बायर्न […]

42 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।

स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले बिहीबार थप दुई वर्षको लागि नयाँ सम्झौता गरेका हुन् । यससँगै ग्वार्डिओला सन् २०२३ सम्म सिटीमा रहनेछ । ग्वार्डिओलाको सम्झौता यसै सिजनको अन्त्यसम्म रहेको थियो ।

४९ वर्षीय प्रशिक्षक ग्वार्डिओला सन् २०१६ मा जर्मन क्लब बायर्न म्युनिखबाट सिटी आएका थिए । त्यसअघि उनी क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक रहेका थिए ।

सिटीसँगको नयाँ सम्झौतापछि ग्वार्डिओलाले सिटीमा राम्रो आतिथ्यता रहेको र यहाँको खेलाडी, अफिसियल, समर्थक, म्यानचेस्टरका जनता, सिटीको अध्यक्ष र मालिकबाट राम्रो साथ पाइरहेको बताए । उनले सिटीमा रहँदा ठुलो सफलता पाएको र एकैसाथ ट्रफी र गोल गर्न सफल हुदा गौरवको महसुस भइरहेको बताए ।

ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले तीन इएफएल कप, दुई प्रिमियर लिग, दुई एफए कम्युनिटी शिल्ड र एक एफए कप जितेका छन् । ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले च्याम्पियन्स लिग भने जित्न सकेको छैन ।

सिटीले सिजनको अन्त्यपछि अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सी ल्याउने चर्चा चलिरहेको छ । ग्वार्डीओलाको बसाईं लम्बिनुले पनि मेस्सी सिटी आउने सम्भावना बलियो भएको छ । सिटीले यसअघि पनि पटक पटक मेस्सीलाई भित्र्याउने इच्छा जाहेर गरेको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.