default_image

3 years ago

November 19, 2020

‘बार्सिलोनाको समस्या’ आरोपबाट आजित मेस्सी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले आफूमाथि बार्सिलोनाको समस्या आउँदा लाग्ने गरेको आरोपबाट आजित भएको बताएका छन् । पछिल्लो पटक फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनका पूर्व एजेन्टले क्लबमा मेस्सीको आतंक रहेको आरोप लगाएपछि मेस्सीको यो भनाइ सार्वजनिक भएको हो । मेस्सीले अर्जेन्टिनाका लागि खेल्दै अन्तर्राष्ट्रिय ड्युटीबाट फर्कने क्रममा बुधबार रिपोर्टरहरुलाई यस्तो अभिव्यक्ति दिएका हुन् […]

38 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका कप्तान लिओनेल मेस्सीले आफूमाथि बार्सिलोनाको समस्या आउँदा लाग्ने गरेको आरोपबाट आजित भएको बताएका छन् ।

पछिल्लो पटक फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनका पूर्व एजेन्टले क्लबमा मेस्सीको आतंक रहेको आरोप लगाएपछि मेस्सीको यो भनाइ सार्वजनिक भएको हो । मेस्सीले अर्जेन्टिनाका लागि खेल्दै अन्तर्राष्ट्रिय ड्युटीबाट फर्कने क्रममा बुधबार रिपोर्टरहरुलाई यस्तो अभिव्यक्ति दिएका हुन् ।

‘ सच्चाई यो हो कि म आजित भइसकें । क्लबमा भएको हरेक समस्याको कारण म नै रहेको भन्ने आरोप छ,’ मेस्सीले भने,’ यो सबै हुनुका बाबजुद पनि मलाई सहज छैन । अहिले १५ घण्टा उडान भरेर आउँदा मलाई कर कार्यालयका प्रतिनिधिले सोधपुछ गर्छन् । म विश्वास गर्न सक्दिन यो सब भइरहेको छ ।’

मेस्सीको बार्सिलोनाको सँगको सम्झौता यसै सिजनको अन्त्यसँगै समाप्त हुँदैछ । मेस्सीले गत सिजनको अन्त्यपछि क्लब छाड्न चाहेपनि बार्सिलोनाले उनलाई जान दिएन । मेस्सीले कानुनी प्रक्रियामा जानु भन्दा एक वर्ष कुर्ने बताउँदै क्लबमा रहने निर्णय लिएका थिए । तर त्यसका बाबजुद मेस्सीमाथि पटक पटक प्रश्न चिन्ह उठ्दै आएको छ ।

पछिल्लो पटक क्लबका अध्यक्ष लगायत बोर्डले नै राजिनामा दिएपछि त्यसमा मेस्सीको नाम जोडिएको थियो । क्लबको मैदानभित्र मात्र नभएर बाहिरको गतिविधिमा पनि मेस्सीकै नाम जोडिन्छ । यसले गर्दा पनि मेस्सी आजित भएका हुन् ।

क्लबसँग सम्बन्ध सुमधुर नभएका मेस्सीलाई स्पेनको कर कार्यालयले पनि पटक पटक सोधपुछ गर्ने गरेको छ । सन् २०१६ मा मेस्सीले ४.२ मिलियन युरो आम्दानीको कर छली गरेपछि २ मिलियन युरो जरिवाना लगाएको थियो ।

यसबाहेक उनले २ लाख ५० हजार युरो जरिवाना तिर्दै २१ महिने जेल सजाय पनि मिनाहा गराएका थिए । स्पेनको कानुनअनुसार अपराधिक मुद्दा नलागेको २ वर्ष भन्दा कम सजायमा जरिवाना तिर्न पाउने व्यवस्था छ ।

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

Success

Thank you for your time.