default_image

3 years ago

November 20, 2020

कप्तान रामोसले तीन खेल गुमाउने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने पक्का भएको छ । ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस ला लिगाको दुई र च्याम्पियन्स लिगको एक खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ । रामोसले भिल्लारियल र एलाभेस तथा च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेल गुमाउने भएका हुन् । रामोसले युइएफए […]

45 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान तथा सेन्टर ब्याक सर्जियो रामोसले तीन खेल गुमाउने पक्का भएको छ ।

ह्यामस्ट्रिङ इन्ज्युरीका कारण रामोसले स्पेनिस ला लिगाको दुई र च्याम्पियन्स लिगको एक खेल गुमाउने पक्का भएको क्लबले जनाएको छ । रामोसले भिल्लारियल र एलाभेस तथा च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्धको खेल गुमाउने भएका हुन् ।

रामोसले युइएफए नेसन्स लिगको समूह चरणको जर्मनीविरुद्ध ६–० को जित निकालेको खेलमा चोट बोकेका थिए । उनले खेलको ४०औं मिनेटमा दायाँ खुट्टामा चोट बोक्दै मैदान छाड्दा स्पेनले खेलमा ३–० को अग्रता कायम गरिसकेको थियो ।

रियलले ३४ वर्षीय रामोस १ डिसेम्वरमा साख्तर डोनेक्सविरुद्धको खेलमा फर्कने सक्ने विश्वास लिएको छ । रामोस नहुँदा रियलले पछिल्लो ८ मध्ये ७ खेल गुमाइसकेको छ । रामोसको अनुपस्थितिमा रियलले २०१८–१९ को सिजनमा घरेलु मैदानमा आयाक्ससँग ४–१ को हार बेहोरेको थियो । गत सिजन म्यानचेस्टर सिटीसँग २–१ ले तथा यसे सिजन गत महिना साख्तर डोनेक्ससँग ३–२ ल पराजित भएको थियो ।

रियलले क्रिसमसअघि भिल्लारियल, इन्टर मिलान, एलाभेस, साख्तर डोनेस्क, सेभिया, बोरुसिया मोन्चेनग्लाडवाक र एट्लेटिको म्याड्रिडजस्ता बलियो टोलीसँग खेल्दैछ । रामोसको अनुपस्थितिमा रियललाई समस्या हुन सक्नेछ ।

रियल च्याम्पियन्स लिगमा समूह ‘बी’ मा ३ खेलबाट ४ अंक जोडेर तेस्रो स्थानमा तथा स्पेनिस ला लिगामा ८ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.