default_image

3 years ago

November 20, 2020

हाजार्ड र मिलिसाओ कोरोनामुक्त

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका विंगर इडेन हाजार्ड र सेन्टर ब्याक इडर मिलिसाओ कोरोना संक्रमणमुक्त भएका छन् । यि दुई खेलाडी कोरोनामुक्त भएसँगै प्रशिक्षक जिनेदिज जिदानले केहि राहतको सास फेरेका छन् । कोरोनामुक्त भएका हाजार्ड र मिलासाओले बिहीबार देखि नै रियलको प्रशिक्षण क्याम्पमा जोडिएका छन् । मिलिसाओलाई नोभेम्वर २ मा तथा त्यसको ६ दिनपछि […]

29 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका विंगर इडेन हाजार्ड र सेन्टर ब्याक इडर मिलिसाओ कोरोना संक्रमणमुक्त भएका छन् ।

यि दुई खेलाडी कोरोनामुक्त भएसँगै प्रशिक्षक जिनेदिज जिदानले केहि राहतको सास फेरेका छन् । कोरोनामुक्त भएका हाजार्ड र मिलासाओले बिहीबार देखि नै रियलको प्रशिक्षण क्याम्पमा जोडिएका छन् ।

मिलिसाओलाई नोभेम्वर २ मा तथा त्यसको ६ दिनपछि हाजार्ड र क्यासमिरोलाई कोरोना पुष्टि भएको थियो । अब यि तीनै खेलाडी रियलको अर्को खेल खेल्न तयार छन् ।

प्रशिक्षक जिनेदिन जिदानले यि दुई खेलाडीलाई शनिबार हुने भिल्लारियलविरुद्धको खेलमा टोलीमा समेटेका छन्। यस्तै सेन्ट्रल मिडफिल्डर क्यासमिरो पनि बुधबार कोरोना मुक्त हुँदै टोलीको प्रशिक्षणमा फर्किएका छन् ।

चोटका कारण कप्तान सर्जियो रामोस टोली बाहिर रहँदा २२ वर्षीय ब्राजिली डिफेन्डर मिलिटाओले राफयल भरानसँग रियलको डिफेन्स सम्हाल्ने सम्भावना छ । रामोसले तीन खेल गुमाउने पक्का भएको छ ।

राफयल भरान अन्तर्राष्ट्रिय ड्युटीपछि रियलको प्रशिक्षणमा जोडिइसकेका छन् । उनको काँधमा चोट लागेपनि गम्भीर नरहेको बुझिएको छ । स्पेनिस ला लिगामा ८ खेलबाट १६ अंक जोडेर चौथो स्थानमा रहेको छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.