default_image

3 years ago

November 20, 2020

नेसन्स लिगको फाइनल इटालीमा

एजेन्सी – यूईएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेल समापन भएसँगै अन्तिम चरणमा पुग्ने टोलीको छिनोफानो भएको छ । यससँगै लिगको घटुवा र बढुवा हुने टोलीको पनि टुंगो लागेको छ । लिग ए को चार समूहमा रहेका शीर्ष ४ टोलीले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । इटालीले समूह ए१ मा जित हासिल गरेपछि अन्तिम चरण […]

62 views

0 Bookmark

एजेन्सी – यूईएफए नेसन्स लिगको समूह चरणको अन्तिम खेल समापन भएसँगै अन्तिम चरणमा पुग्ने टोलीको छिनोफानो भएको छ । यससँगै लिगको घटुवा र बढुवा हुने टोलीको पनि टुंगो लागेको छ ।

लिग ए को चार समूहमा रहेका शीर्ष ४ टोलीले प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । इटालीले समूह ए१ मा जित हासिल गरेपछि अन्तिम चरण आयोजना गर्ने जिम्मेवारी पाएको छ । इटालीसँगै उपाधिका लागि फ्रान्स, स्पेन र बेल्जियमले खेल्नेछन् । प्रतियोगिताको अन्तिम चरण सन् २०२१ को अक्टोबरमा हुनेछ ।

लिग ए बाट लिग बी मा घटुवा हुने टोलीको पनि टुंगो लागेको छ । बोस्निया, स्विडेन र आइसल्यान्ड आ-आफ्नो समूहको पुछारमा रहेर लिग बी मा पुगेका छन् । युक्रेन र स्विटजरल्यान्डको खेल स्थगित भएकाले यी दुई बीच खेलको पराजित हुने टोली तल झर्नेछ । लिग बी बाट अष्ट्रिया, हंगेरी, वेल्स र चेक गणतन्त्र माथि उक्लेका छन् ।

लिग बी बाट घटुवा हुने टोलीमा उत्तरी आयरल्यान्ड, स्लोभाकिया, टर्की र बुल्गेरिया छन् । त्यस्तै लिग सी बाट अर्मेनिया, मोन्टेनेग्रो, अल्बानिया र स्लोभेनिया माथि उक्लिएका छन् । जिब्रालटार र फारो आइल्यान्ड लिग सी मा बढुवा भएका छन् । लिग सीबाट एस्तोनिया, साइप्रस, काजकस्थान र मोल्डोभामध्य दुई टोली तल झर्नेछन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.