default_image

3 years ago

November 20, 2020

मोनाको र पीएसजी भिड्दै

एजेन्सी – अन्तर्राष्ट्रिय विश्रामपछि क्लब फुटबल आजदेखि सुरु हुँदैछ । फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोनाकोसँग प्रतिस्पर्धा गर्दैछ । खेल मोनाकोको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पीएसजी घरेलु टोलीलाई पराजित गर्दै शीर्षस्थानमा पकड बनाउने दाउमा हुनेछ । पीएसजी १० खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । […]

32 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय विश्रामपछि क्लब फुटबल आजदेखि सुरु हुँदैछ । फ्रेन्च लिग वानमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मोनाकोसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल मोनाकोको मैदानमा नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । पीएसजी घरेलु टोलीलाई पराजित गर्दै शीर्षस्थानमा पकड बनाउने दाउमा हुनेछ । पीएसजी १० खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । मोनाकोमाथि जित हात पार्न सके पीएसजीले दोस्रो स्थानको लिलसँग ८ अंकको अग्रता कायम गर्नेछ ।

चोटका कारण विश्राममा रहेका ब्राजिलियन फरवार्ड नेयमार खेल्नेमा शंका छ । अर्काे स्टार केलियन एमबाप्पे भने मैदानमा हुनेछन् । माउरो इकार्डी, पाब्लो साराविया, राफिन्हा, एन्डर हरेरा, मार्काे भेराट्टी, प्रेसनेल किमपेम्वे, कोलिन डोग्वा र केलर नाभास टोलीमा रहनेछन् । चोटका कारण इड्रिसा गुआई, जुआन बर्नाट, जुलियन ड्राक्सलर र थिलो केरहर टोलीमा छैनन् ।

यता, मोनाको पनि पीएसजीलाई हराउदै अंक तालिका सुधार गर्ने दाउमा हुनेछ । मोनाको १० खेलबाट १७ अंक जोडेर छैटौं स्थानमा रहेको छ । पीएसजीलाई हराउन सके मोनाकोले २० अंक जोड्नेछ ।

यि दुई टोली हालसम्म २२ पटक प्रतिस्पर्धा गर्दा १२ खेलमा पीएसजी विजयी भएको छ । ८ खेल बराबरीमा सकिदा २ खेलमा मोनाकोले आफ्नो पक्षमा पारेको छ । फ्रेन्च लिग वानमा आज राति नै रेनेसले बोर्डोसँग राति ११ः४५ बजे प्रतिस्पर्धा गर्नेछ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.