default_image

3 years ago

November 20, 2020

एटलेटिकोमा फेलिक्सको उदय

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेज कोरोना भाइरस संक्रमणका कारण बाहिर रहने भएपछि स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई झट्का लागेको छ । तर क्लबलाई युवा फरवार्ड जोआओ फेलिक्सको लयमा फर्कनुले भने ठूलो राहत पुगेको छ । सिजनको सुरुवातमा बार्सिलोना छाडेर एटलेटिको आएदेखि सुआरेजले राम्रो प्रदर्शन गरिरहेका छन् । डेब्यु खेलमा नै २० मिनेट खेल्दै २ गोल […]

39 views

0 Bookmark

एजेन्सी – उरुग्वेली फरवार्ड लुइस सुआरेज कोरोना भाइरस संक्रमणका कारण बाहिर रहने भएपछि स्पेनिस क्लब एटलेटिको म्याड्रिडलाई झट्का लागेको छ । तर क्लबलाई युवा फरवार्ड जोआओ फेलिक्सको लयमा फर्कनुले भने ठूलो राहत पुगेको छ ।

सिजनको सुरुवातमा बार्सिलोना छाडेर एटलेटिको आएदेखि सुआरेजले राम्रो प्रदर्शन गरिरहेका छन् । डेब्यु खेलमा नै २० मिनेट खेल्दै २ गोल गरेका सुआरेजले त्यसयता आफ्नो लय कायम राखेका छन् । सुआरेजले लिगमा ५ गोल गर्दै सर्वाधिक गोलकर्ता सूचिको दोस्रो स्थानमा आफूलाई उभ्याएका छन् ।

उमेरले ३३ वर्ष पुगिसकेका सुआरेज एटलेटिकोका लागि दिर्घकालिन समाधान भने होइनन् । छोटो अवधिका लागि म्याड्रिड क्लबमा अवध भएका उनले आफ्नो उच्च प्रदर्शनले टोलीलाई जित दिलाएका छन् नै । साथसाथै क्लबका युवा प्रतिभा फेलिक्सलाई पनि टोलीमा जम्न भरपुर सहयोग गरेका छन् । त्यसैले पनि सुआरेजको अनुपस्थितिमा फेलिक्समाथि भर गर्ने अवस्था रहेको छ ।

गत साता २१ वर्ष पुगेका पोर्चुगिज फरवार्ड फेलिक्सका लागि पहिलो सिजन औसत रहयो । गत सिजन उनले ९ गोल गर्न सफल रहे । तर प्रशिक्षक डिएगो सिमिओनीको नजरमा भने उनले कहिले एकरुपता दिन सकेनन् । उतारचढावलले भरिपूर्ण सिजनमा कोरोना संक्रमणले झनै असर गरेको थियो ।

नयाँ सिजनसँगै एटलेटिकोले फेलिक्सको नयाँ रुप देख्न पायो । १ सय १३ मिलियन युरो खर्चेर क्लबमा आबद्ध फेलिक्सले एक पछि अर्को उत्कृष्ट प्रदर्शन गर्दै क्लबको आशामा खरी उत्रिए । आफ्नो स्तर अनुसार लगातार प्रदर्शन गर्दै उनले एटलेटिको आक्रमणलाई छुट्टै धार दिएका छन् ।

सिजनको सुरुवाती समयमा नै ७ गोल र २ असिस्ट प्रदान गर्दै फेलिक्सले गत सिजनको आफ्नो सफलता उछिन्न लागिसकेका छन् । क्लबका लागि मात्र होइन, फेलिक्सले राष्ट्रिय टोलीका लागि पनि उस्तै प्रदर्शन गरेका छन् । क्रोएसियाविरुद्ध ३-२ को जितमा देशका लागि पहिलो गोल गर्दै फेलिक्सले आफ्नो लयलाई निरन्तरता दिए ।

फेलिक्सका राष्ट्रिय टोलीका सहकर्मी डिओगो जोटाको भनाइ मान्ने हो भने फेलिक्स पोर्चुगलमा रोनाल्डोको दिर्घकालिन विकल्पका रुपमा अघि आएका छन् । उनले पछिल्लो समय गरेको प्रदर्शन हेर्ने हो भने यसमा भर गर्ने आधार पनि छ । पछिल्लो ७ खेलमा ८ गोल गरेका यी युवा खेलाडीले एटलेटिकोलाई पुन: स्पेनको शीर्ष टोलीको रुपमा स्थापित गराउन सक्छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.