default_image

3 years ago

November 20, 2020

‘रियलमा खेल्न नपाएरै हामेस घाइते’ – एन्सेलोटी

एजेन्सी – नियमित खेल्दा हामेस रोड्रिग्वेजमा चोट लाग्ने सम्भावना कम रहने एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले बताएका छन् । कोलम्बियन रोड्रिग्वेज रियल म्याड्रिड हुँदा धेरै समय चोटग्रस्त हुने गरेका थिए । जहाँ उनले धेरै खेल खेल्ने अवसर पाउँदैनथे । एन्सेलोटीले रोड्रिग्वेजलाई रियल, बायर्न म्युनिख र अहिले एभर्टनमा प्रशिक्षण दिइरहेका छन् । यो सिजन प्रिमियर लिगमा आबद्ध […]

57 views

0 Bookmark

एजेन्सी – नियमित खेल्दा हामेस रोड्रिग्वेजमा चोट लाग्ने सम्भावना कम रहने एभर्टनका प्रशिक्षक कार्लो एन्सेलोटीले बताएका छन् ।

कोलम्बियन रोड्रिग्वेज रियल म्याड्रिड हुँदा धेरै समय चोटग्रस्त हुने गरेका थिए । जहाँ उनले धेरै खेल खेल्ने अवसर पाउँदैनथे । एन्सेलोटीले रोड्रिग्वेजलाई रियल, बायर्न म्युनिख र अहिले एभर्टनमा प्रशिक्षण दिइरहेका छन् । यो सिजन प्रिमियर लिगमा आबद्ध भएयता रोड्रिग्वेजले उच्च प्रदर्शन गरिरहेका छन् ।

‘रोड्रिग्वेजले निकै राम्रो सुरुवात गरेका छन् । लिभरपुलको खेलमा उनलाई केहि समस्या भएको थियो । त्यसमा उनी ठोक्किएका थिए । फिट हुन कठीन थियो,’ उनले भने, ‘त्यसपछि उनले राम्ररी अभ्यास गर्न सकेनन । तर पनि उनले साथह्याम्पटनविरुद्ध खेले । त्यसमा उनको प्रदर्शन केहि खस्किएको थियो ।’

रोड्रिग्वेजको क्षमतामा भने कुनै शंका नरहेको एन्सेलोटीको बुझाइ छ । रियल र बायर्नमा हुँदा पनि उनको क्षमतामा कमी नरहेको विश्वास प्रशिक्षक छ । ‘मलाई लाग्छ ती दुई क्लबमा रोड्रिग्वेजलाई टिम भित्र हुने प्रतिस्पर्धाले गाह्रो थियो ,’ उनले थपे, ‘त्यहि कारण सायद उनले राम्रो गर्न सकेनन् ।’

रोड्रिग्वेजलाई अभ्यासमा भन्दा पनि खेलाउन बढी महत्त्वपूर्ण हुने एन्सेलोटी मान्छन् । ‘शारीरिक रुपमा उनी ठीक छन् । उनी प्रशिक्षण भन्दा खेलमा जम्ने गर्दछन् । त्यसैले प्रशिक्षकले उनलाई प्रशिक्षणमा हेरेर मात्र निर्णय लिनु हुन्न ,’ उनले भने, ‘उनी खेल्दै गर्दा फिट हुन्छन् । उनले रियलमा धेरै खेल्न पाएनन्, त्यसैले घाइते हुन्थे । अझ रियलको टोलीले लय समातेका कारण पनि परिवर्तन गर्ने जोखिम लिन मिल्दैनथियो ।’

रोड्रिग्वेजलाई सिजनको सुरुवातमा एभर्टन भित्राएका एन्सेलोटीले अब इस्कोलाई पनि गुडिसन पार्क ल्याउने सम्भावना रहेको बताइएको छ । ‘इस्कोको पछाडि म लागेको छु भन्ने सहि होइन,’ उनले भने, ‘जनवरीको सरुवा बजारका विषयमा हामीले अहिले सोचेका छैनौं । त्यसैले ती हल्लामा कुनै सत्यता छैन ।’

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.