default_image

3 years ago

November 21, 2020

भोलान्डको दुई गोलमा पीएसजीको हार

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोलको अग्रता जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मोनाकोसँग हार बेहोरेको छ । १० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो । पीएसजीलाई हराउन मोनाकोका केभिन भोलान्डले दुई तथा सेस फाब्रिगासले एक गोल गरे । पीएसजीका केलियन एमबाप्पेले दुवै गोल गरेपनि […]

38 views

0 Bookmark

एजेन्सी – फ्रेन्च फरवार्ड केलियन एमबाप्पेको दुई गोलको अग्रता जोगाउन नसक्दा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा मोनाकोसँग हार बेहोरेको छ ।

१० खेलाडीमा समेटिएको पीएसजी घरेलु टोलीसँग ३–२ ले पराजित भएको हो । पीएसजीलाई हराउन मोनाकोका केभिन भोलान्डले दुई तथा सेस फाब्रिगासले एक गोल गरे । पीएसजीका केलियन एमबाप्पेले दुवै गोल गरेपनि हार टार्न सकेन ।

मोनाकोमा शुक्रबार राति भएको खेलमा पाहुना टोली पीएसजीले खेलको २५औं मिनेटमा केलियन एमबाप्पेको गोलबाट अगता लिएको थियो । उनले एन्जल डि मारियाको पासमा गोल गरेका थिए । ३७औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

पेनाल्टी बक्समा राफिन्हालाई फोफानाले फल गरेपछि रेफ्रीले पीएसजीलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा एमबाप्पे चुकेनन् । ४४औं मिनेटमा एमबाप्पेको गोलले मान्यता नपाउदा एमबाप्पे ह्याट्रिकबाट चुक्यो । उनी अफसाइड पोजिसनमा देखिएको थियो ।

दुई गोलले पछि परेको मोनाकोले खेलको ५२औं मिनेटमा केभिन भोलान्डको गोलबाट खेलमा फर्किएको थियो । ६५औं मिनेटमा भोलान्डले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आयो । यसपटक भोलान्डले सेस फाब्रिगासको पासमा गोल गरेका थिए ।

८४औं मिनेटमा पीएसजी १० खेलाडीमा समेटियो । एबोउ डिएलोले भोलान्डलाई पेनाल्टी बक्समा फल गरेपछि रेफ्रीले मोनाकोलाई पेनाल्टी प्रदान गर्दा भिएआरको सहायतामा डिएलोलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठापछि पीएसजी १० खेलाीमा समेटिन पुग्यो । त्यसमा प्राप्त पेनाल्टीमा सेस फाब्रिगासले गोल गर्दै मोनाकोलाई ३–२ को अग्रता दिलाए । त्यसपछि थप गोल निस्कन नसक्दा पीएसजीले ३–२ को हार भोग्यो ।

लिग वानमा पीएसजीको यो तेस्रो हार हो । मोनाकोसँगको हारपछि पनि पीएसजी ११ खेलबाट २४ अंक जोडेर शीर्षस्थानमा रहेको छ । पीएसजीलाई हराएको मोनाको २० अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ ।

लिग वानकै अर्काे खेलमा रेनेसले बोर्डेअक्ससँग १–० को हार बेहोरेको छ । यो हारले रेनेसले दोस्रो स्थानमा उक्लने अवसर गुमाउदा बोर्डेअक्स १५ अंक जोडर ११औं स्थानमा उक्लिएको छ । रेनेस १८ अंक जोेडेर पाँचौं स्थानमा रहेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.