default_image

3 years ago

November 21, 2020

मेस्सीलाई बार्सिलोनामै हेर्ने गुवार्डीओलाको रहर

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले बर्सिलोनामै करिअर समापन गरेको हेर्ने इच्छा रहेको बताएका छन् । यसै साता मात्र सिटीसँग दुई वर्ष सम्झौता थप गरेका गुआर्डीओलाले आफ्ना पूर्व खेलाडी मेस्सी सिटी आउनेबारे प्रश्न गर्दा यस्तो जवाफ दिएका हुन् । गत ट्रान्सफर विन्डोमा मेस्सीले बार्सिलोना छाड्ने भनेपछि सिटीले प्रस्ताव अघि सारेको […]

39 views

0 Bookmark

एजेन्सी – म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओलाले अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले बर्सिलोनामै करिअर समापन गरेको हेर्ने इच्छा रहेको बताएका छन् ।

यसै साता मात्र सिटीसँग दुई वर्ष सम्झौता थप गरेका गुआर्डीओलाले आफ्ना पूर्व खेलाडी मेस्सी सिटी आउनेबारे प्रश्न गर्दा यस्तो जवाफ दिएका हुन् । गत ट्रान्सफर विन्डोमा मेस्सीले बार्सिलोना छाड्ने भनेपछि सिटीले प्रस्ताव अघि सारेको चर्चा चलेको थियो । तर अन्त्यमा मेस्सीले यस सिजनको अन्त्यमा सम्झौता सकिएपछि क्लब छाड्ने निर्णय गरे ।

गुआर्डीओलाले आफ्नो सम्झौता नविकरण गरेपछि मेस्सीबारे प्रश्नमा उनी बर्सिलोनामै रहेको हेर्न चाहेको बताएका हुन् । ‘मेस्सी बार्सिलोनाका खेलाडी हुन् । मैले हजार पटक यो भनेको छु । एक समर्थकका रुपमा म उनलाई बार्सिलोनामै करिअर अन्त्य गरेको हेर्न चाहन्छु,’ उनले भने ।

गुआर्डीओलाले बार्सिलोनासँग आफ्नो घनिष्ठ सम्बन्ध रहेको र क्लबको हित नै सोच्ने पनि अभिव्यक्ति दिए । ‘म बार्सिलोनाप्रति आभारी छु । क्लबले मेरो लागि धेरै गरेको छ,’ सन् २००८ देखि ४ वर्ष बार्सिलोनामा रहेका उनले थपे, ‘एकेडेमीमा, खेलाडीका रुपमा, प्रशिक्षकका रुपमा, मैले क्लबबाट सबथोक प्राप्त गरें । अहिले मेस्सी बार्सिलोनाकै खेलाडी हुन् र जुन/जुलाईमा ट्रान्सफर विन्डो नआउँदासम्म त्यहीं रहनेछन् ।’

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.