default_image

3 years ago

November 21, 2020

हालान्डले जिते गोल्डेन ब्वाई अवार्ड

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेली फरवार्ड एर्लीङ ब्राउट हालान्डले विश्व फुटबलमा २१ वर्षभन्दा मुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने गोल्डेन ब्वाई अवार्डको उपाधि जितेका छन् । गत जनवरीमा आरबी साल्जबर्गबाट डर्टमुन्ड आएका २० वर्षीय हालान्डले निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन् । जारी सिजन पनि उनले ११ खेलमा ११ गोल गरिसकेका छन् । च्याम्पियन्स […]

105 views

0 Bookmark

एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेली फरवार्ड एर्लीङ ब्राउट हालान्डले विश्व फुटबलमा २१ वर्षभन्दा मुनिका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने गोल्डेन ब्वाई अवार्डको उपाधि जितेका छन् ।

गत जनवरीमा आरबी साल्जबर्गबाट डर्टमुन्ड आएका २० वर्षीय हालान्डले निरन्तर उच्च प्रदर्शन गर्दै आएका छन् । जारी सिजन पनि उनले ११ खेलमा ११ गोल गरिसकेका छन् । च्याम्पियन्स लिगका ३ खेलमा मात्र हालान्डले ४ गोल गरेका छन् । यस्तै सिनियर राष्ट्रिय टोलीका लागि पनि उनले ७ खेल खेल्दै ६ गोल गरेका छन् ।

इटालियन संचारमाध्यम टुट्टोस्पोर्ट्सले वर्षेनी प्रदान गर्दै आएको अवार्ड विश्व फुटबलमा प्रतिष्ठित अवार्डमा गनिन्छ । यस अवार्डका लागि युरोपका प्रतिष्ठित संचार माध्यमका पत्रकारहरुले मतदान गर्दै आएका छन् । सन् २००३ देखि सुरु भएको यस अवार्ड युरोपमा खेल्ने उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिँदै आएको छ ।

यसअघि मनोनयनमा १ सय खेलाडीको नामावली सार्वजनिक गरेर ६० जनाबाट ४० जना र २० जनाको सुची सार्वजनिक गरिएको थियो । यस अवार्ड जित्ने खेलाडी भविष्यमा स्टार खेलाडीका रुपमा अगाडी बढ्ने इतिहासले पनि बताउँछ । १७ वर्षअघि पहिलो पटक नेदरल्याण्डका राफेल भान डर भार्टले यो अवार्ड जितेका थिए ।

त्यसपछि वायन रोनी, लियोेनेल मेस्सी, सेस फाब्रिगास, सर्जियो अगुएरोले पनि यो उपाधि जितेका थिए । पछिल्लो समय पल पोग्बा, रहिम स्टर्लिङ, किलियन एमबाप्पे, म्याथिस डी लिग्ट लगायतले यो उपाधि जितेका छन् । गतवर्ष पोर्चुगिज फरवार्ड जोआओ फेलिक्सले यस अवार्ड जितेका थिए ।

उपाधिको दाबेदारका रुपमा बोरुसिया डर्टमुन्डका एर्लीङ ब्राउट हालान्डसँगै सहकर्मी जेडन सान्चो र बायर्न म्युनिखका अल्फोन्सो डेभिस रहेका थिए । रियल म्याड्रिडका रोड्रीगो र भिनिसियससँगै बार्सिलोनाका अन्सु फाती पनि मनोनयनमा थिए ।

शीर्ष २० खेलाडी सुची :

मिचेल बेकर (देश – नेदरल्यान्ड्स, क्लब – पीएसजी, उमेर – २० वर्ष, पोजिसन – लेफ्ट ब्याक, बजार मूल्य – ०.९ मिलियन युरो)

एडुआर्डो कामाभिंगा (देश – फ्रान्स, क्लब – रेनेस, उमेर – १७ वर्ष, पोजिसन – डिफेन्सिभ मिडफिल्डर, बजार मूल्य – ३७.५ मिलियन युरो)

जोनाथन डेविड (देश – क्यानडा, क्लब – लिल, उमेर – २० वर्ष, पोजिसन – आक्रामक मिडफिल्डर, बजार मूल्य – २५ मिलियन युरो)

अल्फोन्सो डेभिस (देश – क्यानाडा, क्लब – बायर्न म्युनिख, उमेर – १९ वर्ष, पोजिसन – लेफ्ट ब्याक, बजार मूल्य – ६० मिलियन युरो)

सर्जिनो डेस्ट (देश – अमेरिका, क्लब – बार्सिलोना, उमेर – १९ वर्ष, पोजिसन – राइट ब्याक, बजार मूल्य – १८ मिलियन युरो)

फाबियो सिल्भा (देश – पोर्चुगल, क्लब – वल्भ्स, उमेर – १८ वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – १२ मिलियन युरो)

अन्सु फाती (देश – स्पेन, क्लब – बार्सिलोना, उमेर – १७ वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ५० मिलियन युरो)

फिल फोडेन (देश – इंग्ल्यान्ड, क्लब – म्यानचेस्टर सिटी, उमेर – २० वर्ष, पोजिसन – सेन्टर मिडफिल्डर, बजार मूल्य – ४० मिलियन युरो)

रायन ग्राभेनबर्च (देश – नेदरल्यान्ड्स, क्लब – आयाक्स, उमेर – १८ वर्ष, पोजिसन – सेन्टर मिडफिल्डर, बजार मूल्य – ११ मिलियन युरो)

मेसन ग्रिनवुड (देश – इंग्ल्यान्ड, क्लब – म्यानचेस्टर युनाइटेड, उमेर – १८ वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – ४५ मिलियन युरो)

एर्लीङ हालान्ड (देश – नर्वे, क्लब – बोरुसिया डर्टमुन्ड, उमेर – २० वर्ष, पोजिसन – सेन्टर फरवार्ड, बजार मूल्य – ७२ मिलियन युरो)

क्यालम हड्सन ओडोइ (देश – इंग्ल्यान्ड, क्लब – चेल्सी, उमेर – १९ वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ३१.५ मिलियन युरो)

डेजान कुलुसेभ्सकी (देश – स्विडेन, क्लब – युभेन्टस, उमेर – २० वर्ष, पोजिसन – राइट विंगर, बजार मूल्य – ४० मिलियन युरो)

रोड्रीगो गोएस (देश – ब्राजिल, क्लब – रियल म्याड्रिड, उमेर – १९ वर्ष, पोजिसन – राइट विंगर, बजार मूल्य – ४५ मिलियन युरो)

बुकायो साका (देश – इंग्ल्यान्ड, क्लब – आर्सनल, उमेर – १९ वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ३५ मिलियन युरो)

जेडन सान्चो (देश – इंग्ल्यान्ड, क्लब – बोरुसिया डर्टमुन्ड, उमेर – २० वर्ष, पोजिसन – राइट विंगर, बजार मूल्य – ११७ मिलियन युरो)

डोमिनिक जोबोस्लाई (देश – हंगेरी, क्लब – साल्ज्बर्ग, उमेर – १९ वर्ष, पोजिसन – सेन्टर मिडफिल्ड, बजार मूल्य – २५ मिलियन युरो)

सान्ड्रो टोनाली (देश – इटाली, क्लब – एसी मिलान, उमेर – २० वर्ष, पोजिसन – डिफेन्सिभ मिडफिल्डर, बजार मूल्य – ३२ मिलियन युरो)

फेरान टोरेस (देश – स्पेन, क्लब – म्यान्चेस्टर सिटी, उमेर – २० वर्ष, पोजिसन – राइट विंगर, बजार मूल्य – ४५ मिलियन युरो)

भिनिसियस जुनियर (देश – ब्राजिल, क्लब – रियल म्याड्रिड, उमेर – २० वर्ष, पोजिसन – लेफ्ट विंगर, बजार मूल्य – ४५ मिलियन युरो)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.