default_image

3 years ago

November 21, 2020

भिल्लारियलविरुद्ध घाइते रियलको परिक्षा

एजेन्सी – पछिल्लो पटक अन्तर्राष्ट्रिय ब्रेकपछि रियल म्याड्रिडले लिगमा क्याडिज र च्याम्पियन्स लिगमा शाख्तरसँग हार बेहोरेको थियो । यसपटक पनि अन्तर्राष्ट्रिय ब्रेकपछि रियललाई चोटको समस्याले पिरोलेको छ । जिदानले आफ्नो मुख्य रोजाइका केहि खेलाडीलाई चोटका कारण गुमाएका छन् । शनिवार भिल्लारियलको सामना गर्दा टोलीमा ६ जना मुख्य खेलाडी अनुपस्थित रहनेछन् । पहिलो रोजाइमा खेल्दै आएका […]

34 views

0 Bookmark

एजेन्सी – पछिल्लो पटक अन्तर्राष्ट्रिय ब्रेकपछि रियल म्याड्रिडले लिगमा क्याडिज र च्याम्पियन्स लिगमा शाख्तरसँग हार बेहोरेको थियो । यसपटक पनि अन्तर्राष्ट्रिय ब्रेकपछि रियललाई चोटको समस्याले पिरोलेको छ ।

जिदानले आफ्नो मुख्य रोजाइका केहि खेलाडीलाई चोटका कारण गुमाएका छन् । शनिवार भिल्लारियलको सामना गर्दा टोलीमा ६ जना मुख्य खेलाडी अनुपस्थित रहनेछन् । पहिलो रोजाइमा खेल्दै आएका आधा भन्दा बढी खेलाडी नहुँदा जिदानमाथि निकै दबाब छ ।

कप्तान सर्जियो रामोस स्पेनबाट खेल्दा घाइते भएपछि मैदान छाड्न बाध्य भएका थिए । ह्यामस्ट्रीङमा चोट बोकेका उनले दुई सातासम्म बाहिर रहनुपर्ने देखिएको छ । उनले मध्यसातामा हुने इन्टर मिलानसँगको खेल पनि गुमाउने पक्का छ । अलाभेसविरुद्ध अर्को साता लिगमा पनि उनको उपस्थितिमा शंका रहेको छ ।

डिफेन्सका मुख्य खेलाडीसँगै आक्रमणमा गोलकर्ता करीम बेन्जेमा पनि शनिबार मैदानमा उत्रने छैनन् । अन्तर्राष्ट्रिय ब्रेक सुरु हुनुअघि भएको भ्यालेन्सियाविरुद्ध खेलमा बेन्जेमाले चोट बोकेका थिए । दुई साता विश्रामपछि पनि उनी फिट भएका छैनन् । प्रशिक्षक जिदानले इन्टरविरुद्ध खेलमा ठिक हुने आशासहित लयमा रहेका स्ट्राइकरलाई विश्राम दिएका छन् । अर्का फरवार्ड लुका जोभिचलाई कोरोना संक्रमण भएपछि रियलको समस्या थपिएको छ ।

मिडफिल्डर क्यासेमिरो पनि खेलका लागि उपलब्ध रहनेछैनन् । कोरोना संक्रमणबाट मुक्त भएको भनेपनि ला लिगाले गरेको परिक्षणमा यकिन नतिजा नआएको भन्दै उनीसँगै ब्राजिलियन डिफेन्डर एडर मिलिसाओ पनि टोलीसँग प्रस्थान गरेका छैनन् ।

मिडफिल्डर फेडे भालभेर्डे पनि चोटका कारण टोलीसँग छैनन् । रियलका लागि जारि सिजन उत्कृष्ट प्रदर्शन गर्दै आएका उरुग्वेली मिडफिल्डरको अनुपस्थितिले मिडफिल्डमा केहि समस्या पर्नेछ । वैकल्पिक डिफेन्डर अल्भारो ओड्रीओजोला पनि चोटबाट मुक्त नभएकाले टोलीसँग रहने छैनन् ।

अंक तालिकामा रियल ८ खेलमा १६ अंकसहित चौथो स्थानमा छ । दोस्रो स्थानमा रहेको भिल्लारियलको ९ खेलमा १८ अंक रहेको छ । शीर्ष स्थानमा रियल सोसीडाडले ९ खेलमा २० अंक बनाएको छ ।

भिल्लारियलविरुद्ध खेल्ने रियल म्याड्रिडको टोली :

गोलरक्षक : थिबाउट कोर्टुवा, आन्द्रे लुनिं, डिएगो अल्तुबे

डिफेन्डर : ड्यानी कार्भाजल, राफेल भारान, नाचो फर्नान्डेज, मार्सेलो, फर्लान्ड मेन्डी, भिक्टर चुस्ट

मिडफिल्डर : टोनी क्रुस, लुका मोड्रीच, मार्टिन ओडेगार्ड, इस्को, ओस्कार अरान्डा

फरवार्ड : इडेन हाजार्ड, मार्को एसेन्सियो, लुकास भाज्केज, भिनीसियस जुनिअर, मारियानो डियाज, रोड्रीगो गोस

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.