default_image

3 years ago

November 21, 2020

बार्सिलोना र एटलेटिको भिड्दै

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा क्याटलान क्लब बार्सिलोना र एटलेटिको म्याड्रिड भिड्दैछन् । खेल नेपाली समयानुसार खेल रातको १:४५ बजे सुरु हुनेछ । अंक तालिकाको तेस्रो स्थानमा रहेको एटलेटिको घरेलु मैदानमा जित हासिल गर्दै अपराजित यात्रा कायम राख्ने सुरमा हुनेछ । टोलीमा उरुग्वेली फरवार्ड लुइस सुआरेज र लुकास टोरेरा कोरोना संक्रमणका कारण […]

63 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा क्याटलान क्लब बार्सिलोना र एटलेटिको म्याड्रिड भिड्दैछन् । खेल नेपाली समयानुसार खेल रातको १:४५ बजे सुरु हुनेछ ।

अंक तालिकाको तेस्रो स्थानमा रहेको एटलेटिको घरेलु मैदानमा जित हासिल गर्दै अपराजित यात्रा कायम राख्ने सुरमा हुनेछ । टोलीमा उरुग्वेली फरवार्ड लुइस सुआरेज र लुकास टोरेरा कोरोना संक्रमणका कारण उपस्थित हुने छैनन् । सुआरेजको अनुपस्थितिमा जोआओ फेलिक्सले टोलीको आक्रमण सम्हाल्नेछन् ।

मिडफिल्डर हेक्टर हरेरा र डिफेन्डर सिमे भर्साल्को चोटका कारण टोलीमा रहने छैनन् । स्टेफान साभिच, डिएगो कोस्टा र भिटोलो पनि चोटका कारण खेल्ने नखेल्ने शंका छैन । मिडफिल्डमा अघिल्लो साता मात्र क्लबमा आएका मिडफिल्डर जिओफ्रे कोन्डोग्बियाले खेल्ने सम्भावना रहेको छ ।

यता बार्सिलोनाका लागि मिडफिल्डर सर्जियो बुस्केट्स स्पेनसँग रहँदा लागेको चोटका कारण टोलीमा रहने छैनन् । उनीसँगै डिफेन्डर स्यामुएल उम्टिटी, रोनाल्ड अराउजो र अन्सु फाती पनि अनुपस्थित रहनेछन् । मिडफिल्डर फिलिपे कोउटिन्हो भने टोलीमा फर्कनु बार्सिलोनाका लागि सुखद रहनेछ ।

फ्रान्सेली फरवार्ड एन्टोइन ग्रिजमनले आक्रमण सम्हाल्ने सम्भावना छ । उनलाई कप्तान लिओनेल मेस्सी, मौसा डेम्बेले र पेड्री रहनेछन् । मिडफिल्डमा फ्रान्की डे जोङ र मिरालेम प्यानिच खेल्नेछन् । कोउटिन्होले बेन्चमा रहेर खेल्ने सम्भावना छ ।

एटलेटिकोले ला लिगाको पछिल्लो २३ खेलमा हार बेहोरेको छैन ।पछिल्लो ६ मध्य ५ खेलमा टोलीले कुनै गोल पनि खाएको छैन । यता बार्सिलोना भने एटलेटिकोविरुद्ध सबै प्रतियोगितामा खेलेको पछिल्लो ११ मध्य १० खेलमा अपराजित छ ।

एटलेटिको ७ खेलमा १७ अंक जोड्दै लिगको तेस्रो स्थानमा छ । एटलेटिको लिगमा अपराजित एकमात्र टोली हो । आठौं स्थानमा रहेको बार्सिलोनाले ७ खेलमा ११ अंक जोडेको छ । टोलीले ३ जित, २ बराबरी र २ हारको नतिजा निकालेको छ ।

यो पनि पढ्नुहोस :

एटलेटिकोमा फेलिक्सको उदय

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

Success

Thank you for your time.