default_image

3 years ago

November 21, 2020

रियल म्याड्रिड र भिल्लारियलको बराबरी

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा रियल म्याड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ । भिल्लारियलको घरेलु मैदानमा रियलले अग्रता लिएपनि १-१ को बराबरीमा रोकिन पुग्यो । खेलको दोस्रो मिनेटमा नै पाहुना टोली रियल म्याड्रिडले अग्रता लिएको थियो । जारी सिजन पहिलो पटक सुरुवाती रोजाइमा परेका फरवार्ड मरियानो डियाजले रियलको लागि गोल गरेका थिए । […]

54 views

0 Bookmark

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा रियल म्याड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ । भिल्लारियलको घरेलु मैदानमा रियलले अग्रता लिएपनि १-१ को बराबरीमा रोकिन पुग्यो ।

खेलको दोस्रो मिनेटमा नै पाहुना टोली रियल म्याड्रिडले अग्रता लिएको थियो । जारी सिजन पहिलो पटक सुरुवाती रोजाइमा परेका फरवार्ड मरियानो डियाजले रियलको लागि गोल गरेका थिए । ड्यानी कार्भाजलको क्रसमा डियाजको हेडर गोलरक्षक सर्जियो असेन्जोले बचाउने कुनै अवसर पाएनन् । भिल्लारियलका खेलाडीले अफसाइडको माग गरेपनि रेफ्रीले भीएआरमा कुनै त्रुटी भेटेनन् ।

२१ औं मिनेटमा भिल्लारियलले खेल बराबरी गर्ने सुवर्ण अवसर गुमायो । जेरार्ड मोरेनोको क्रसमा ड्यानी परेहोको प्रहार पोस्टभन्दा थोरै माथिबाट गएको थियो । ३५ औं मिनेटमा रियल अग्रता दोब्बर पार्नबाट चुक्यो । इडेन हाजार्डसँग समन्वय गर्दै डियाजले नै गरेको प्रहार पोस्टमा लगेर फर्केको थियो ।

दोस्रो हाफको ५८ औं मिनेटमा मोरेनोले गोल गर्ने अवसर चुकाउँदा खेलमा रियलको अग्रता कायम रहयो । ७१ औं मिनेटमा परेहो पुन: चुक्दा भिल्लारियल खेलमा फर्कन सकेन । ७४ औं मिनेटमा गोलरक्षक थिबाउट कोर्टुवाले साम चुकेवेजेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि भिल्लारियलले पेनाल्टी पायो । मोरेनोले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै खेल बराबरीमा ल्याए ।

इन्ज्युरी समयको पहिलो मिनेटमा भिल्लारियलले खेल जित्ने सुवर्ण अवसर खेर फाल्यो । रियल म्याड्रिडबाट नै लोनमा भिल्लारियल पुगेका कुबोले गोल गर्न सकेनन् । मैदान प्रवेश गरेको केहि मिनेटमा नै पेनाल्टी क्षेत्रको बायाँ भागमा वन भर्सेस वनको स्थितिमा उनको प्रहार नाचो फर्नान्डेजले रोक्दै कोर्टुवाको हातमा पुर्याए ।

यस बराबरीसँगै भिल्लारियल दोस्रो स्थानमा यथावत रहँदा रियल म्याड्रिडले चौथो स्थानबाट उठ्न सकेन । भिल्लारियलको १० खेलमा १९ अंक छ भने रियल म्याड्रिडको ९ खेलमा १७ अंक छ । शीर्षस्थानको रियल सोसीडाडले ९ खेलमा २० अंक जोडेको छ ।

आज हुने अर्को खेलमा बार्सिलोना र एटलेटिको म्याड्रिडले खेल्नेछन् । उक्त खेलबारे पढ्नुहोस : बार्सिलोना र एटलेटिको भिड्दै

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

Success

Thank you for your time.