default_image

3 years ago

November 22, 2020

रोनाल्डो चम्कँदा युभेन्टस विजयी

एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोले ४ मिनेटको अन्तरमा दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत शनिबार काग्लियारीलाई पराजित गरेको छ । युभेन्टसले घरेलु मैदानमा २-० को जित दर्ता गर्दा दुवै गोल पहिलो हाफमा सम्भव भएको हो । खेलको ३७ औं मिनेटमा रोनाल्डोले युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । अल्भारो मोराटाले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै रोनाल्डोले दुई डिफेन्डरलाई छलाउँदै गोल गरेका थिए । त्यसअघि फेडेरिको बर्नार्डेस्कीले गोल गरेपनि […]

69 views

0 Bookmark

एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोले ४ मिनेटको अन्तरमा दुई गोल गरेपछि युभेन्टसले इटालियन सिरी ए अन्तर्गत शनिबार काग्लियारीलाई पराजित गरेको छ ।

युभेन्टसले घरेलु मैदानमा २-० को जित दर्ता गर्दा दुवै गोल पहिलो हाफमा सम्भव भएको हो । खेलको ३७ औं मिनेटमा रोनाल्डोले युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए । अल्भारो मोराटाले दिएको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै रोनाल्डोले दुई डिफेन्डरलाई छलाउँदै गोल गरेका थिए ।

त्यसअघि फेडेरिको बर्नार्डेस्कीले गोल गरेपनि असिस्ट दिएका मोराटा अफसाइड देखिएपछि रेफ्रीले गोललाई मान्यता दिएनन् । बर्नार्डेस्कीकै पेनाल्टी क्षेत्रबाहिरको प्रहारलाई काग्लियारीका गोलरक्षक क्राग्नोले विफल पारेका थिए ।

त्यसको ४ मिनेटपछि नै रोनाल्डोले युभेन्टसको अग्रता दोब्बर पारे । जुआन क्वाडराडोको कर्नरलाई मेरिह डेमीरालले हेडर गरेपछि आएको बललाई फार पोस्टमा अनमार्क रहेका रोनाल्डोले गोलमा परिणत गरे । दोस्रो हाफमा दुवै टोलीले आक्रमणको प्रयास गरेपनि गोल निस्कन सकेन ।

यस जितसँगै युभेन्टस अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । युभेन्टसले ८ खेलमा १६ अंक जोडेको छ । शीर्ष स्थानको एसी मिलानले ७ खेलमा १७ अंक बनाएको छ । पराजित कग्लियारी भने ८ खेलमा १० अंक जोड्दै ११ औं स्थानमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.