default_image

3 years ago

November 22, 2020

बार्सिलोनाका पिके ६ महिना मैदान बाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके कम्तीमा ६ महिना मैदान बाहिर रहने भएका छन् । स्पेनिस ला लिगामा शनिबार राति एट्लेटिको म्याड्रिडसँग १–० ले पराजित भएको खेलमा पिकेले चोट बोकेका थिए । वान्डा मेट्रोपोलिटानोमा शनिबार राति एन्जल कोरेरासँग ठोक्किदै घुडामा चोट बोकेपछि ३३ वर्षीय पिकेले खेलको ६२औं मिनेटमा मैदान छाडेका थिए । उनको […]

46 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका डिफेन्डर जेरार्ड पिके कम्तीमा ६ महिना मैदान बाहिर रहने भएका छन् । स्पेनिस ला लिगामा शनिबार राति एट्लेटिको म्याड्रिडसँग १–० ले पराजित भएको खेलमा पिकेले चोट बोकेका थिए ।

वान्डा मेट्रोपोलिटानोमा शनिबार राति एन्जल कोरेरासँग ठोक्किदै घुडामा चोट बोकेपछि ३३ वर्षीय पिकेले खेलको ६२औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थानमा सर्जिनो डेस्ट मैदान छिरेका थिए ।

उनी कम्तीमा पनि ६ महिना मैदान बाहिर रहने क्लबले जनाएको छ । चोटकै कारण अन्सु फाती, स्यामुयल उम्टिटी र सर्जी रोबर्टाे टोली बाहिर रहँदा पिकेको चोटले बार्सिलोनालाई थप समस्या उत्पन्न हुने भएको छ ।

स्पेनिस डिफेन्डर पिकेले यस सिजन बार्सिलोनाका लागि १० खेलमा खेलेका छन् । जसमा ८ ला लिगा र २ च्याम्पियन्स लिग रहेको छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.