default_image

3 years ago

November 22, 2020

लिभरपुललाई लेस्टरको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । चोटसँग जुधिरहेको लिभरपुलले लयमा रहेको लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दा लिड्स युनाइटेडले आर्सनलसँग खेल्दैछ । लिभरपुल र लेस्टर सिटीबीचको खेल एनफिल्डमा राति १ बजे हुनेछ । चोटसँग जुधिरहेको लिभरपुल लेस्टर सिटीलाई हराउदै शीर्षस्थानको टोटेनहमसँगको अंक दुरी बराबरी गर्ने लक्ष्यमा हुनेछ । लिभरपुलको ८ […]

26 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न चार खेलमा प्रतिस्पर्धा हुदैछ । चोटसँग जुधिरहेको लिभरपुलले लयमा रहेको लेस्टर सिटीसँग प्रतिस्पर्धा गर्दा लिड्स युनाइटेडले आर्सनलसँग खेल्दैछ ।

लिभरपुल र लेस्टर सिटीबीचको खेल एनफिल्डमा राति १ बजे हुनेछ । चोटसँग जुधिरहेको लिभरपुल लेस्टर सिटीलाई हराउदै शीर्षस्थानको टोटेनहमसँगको अंक दुरी बराबरी गर्ने लक्ष्यमा हुनेछ । लिभरपुलको ८ खेलबाट १७ अंक रहेको छ । शीर्षस्थानको टोटेनहमको २० अंक रहेको छ ।

लिभरपुलसँग साडियो माने, रोबर्टाे फिर्मिन्हो, डिएगो जोटा, जर्जिन्हो वाइनाल्डम, जेम्स मिल्नर, एन्ड्रिउ रोबर्टसन, नावी केइटा र गोलरक्षक एलिसन बेकर रहनेछन् । चोटका कारण भर्जिल भान डाइक, जोर्डन हेन्डरसन, थियागो अलकान्तरा, भर्जिल भान डाइक, ट्रेन्ट एलेक्सान्डर अर्नाेल्ड, जोए गोमेज, एलृक्स अक्सलेड चेम्वरलेन र कोरोना संक्रमणका कारण मोहम्मद सलाह टोलीमा हुनेछैनन् ।

यता, लयमा रहेको लेस्टर सिटी चोटिलो लिभरपुललाई हराउदै शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ । लिभरपुलमाथि जित हात पार्न सके लेस्टरले शीर्षस्थानको टोटेनहमलाई एक अंकले पछि पार्नेछ । लेस्टरको १८ तथा टोटेनहमको २० अंक छ ।

लेस्टरका लागि जेमी भार्डी, जेम्स म्याडिसन, डेनिस प्रायट, जेम्स जस्टिन, युरी टिलेमान्स, टिमोथी कास्टाग्ने, जोनी इभान्स र गोलरक्षक कास्पर रहनेछन् ।

यि दुई टोलीबीचको पछिल्लो १४ भेटमा लिभरपुल ९ खेलमा विजयी भएको छ । २ खेल बराबरीमा सकिदा ३ खेल लेस्टरले आफ्नो पक्षमा पारेको छ । लिभरपुल लेस्टरसँग २०सेप्टेम्वर २०१७ को इएफएल कपमा २–० ले पराजत भएयता अपराजित छ । लिभरपुल सोही अपराजित यात्रालाई निरन्तरता दिने दाँउमा रहँदा लेस्टर लिभरपुललाई हराउने लक्ष्यमा हुनेछ ।

अन्य खेल
फुलहमविरुद्ध एभर्टन (साँझ ५ः१५ बजे), सेफिल्डविरुद्ध वेस्टह्याम (राति ७ः४५ बजे) र लिड्सविरुद्ध आर्सनल (राति १०ः१५ बजे)

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.