default_image

3 years ago

November 22, 2020

लुकाकु चम्कदा इन्टर मिलानको पूनरागमन जित

एजेन्सी – दुई गोलले पछि परेको स्थितिमा रोमेलु लुकाकुले दुई गोल गर्नुका साथै दुई असिस्ट दिएपछि इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले टोरिनोमाथि ४–२ को पूनरागमन जित निकालेको छ । इन्टरको पूनरागमन जितमा एलेक्सिस सान्चेज र लोउटारो मार्टिनेजले पनि गोल थपे । टोरिनोको सिमोन जाजा र क्रिस्टियन ड्यानियल एन्साल्डीले गरेको गोल सान्त्वना बन्यो । मिलानोमा […]

54 views

0 Bookmark

एजेन्सी – दुई गोलले पछि परेको स्थितिमा रोमेलु लुकाकुले दुई गोल गर्नुका साथै दुई असिस्ट दिएपछि इटालियन सिरी ‘ए’ मा इन्टर मिलानले टोरिनोमाथि ४–२ को पूनरागमन जित निकालेको छ ।

इन्टरको पूनरागमन जितमा एलेक्सिस सान्चेज र लोउटारो मार्टिनेजले पनि गोल थपे । टोरिनोको सिमोन जाजा र क्रिस्टियन ड्यानियल एन्साल्डीले गरेको गोल सान्त्वना बन्यो । मिलानोमा आइतबार राति भएको खेलमा घरेलु टोली पहिलो हाफको इन्ज्युरी समयमा सिमोन जाजाको गोलबाट पछि परेको थियो ।

६२औं मिनेटमा क्रिस्टियन ड्यानियल एन्साल्डीले पेनाल्टीमा गोल गर्दै टोरिनो अग्रता दोब्बर पारे । एस्ले योङले पेनाल्टी बक्समा वेलफ्रेड सिंगोलाई लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै टोरिनोलाई पेनाल्टी प्रदान गरेको थियो ।

दुई गोलले पछि परेपनि हरेस नखाएको इन्टरले ६४औं मिनेटमा एलेक्सिस सान्चेजको गोलमा खेलमा फर्कने संकेत दिए । रोमेलु लुकाकुको प्रहार क्रसबारमा लागेर फर्किदा सान्चेजले रिवाउन्डमा गोल गर्न सफल भएका थिए । ६७औं मिनेटमा सान्चेजको पासमा लुकाकुले गोल गर्दै खेललाई २–२ गोलको बराबरीम ल्याए ।

८४औं मिनेटमा लुकाकुले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरेपछि इन्टर मिलानले खेलमा ३–२ को अग्रता लिन सफल भयो । अचरफ हाकिमीलाई निकोलस एनकोउलोउले लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै इन्टरलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा लुकाकु चुकेनन् ।

९०औं मिनेटमा लुकाकुकै पासमा सब्सिच्युट लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई ४–२ को पूनरागमन जित दिलाए । मार्टिनेज ६५औं मिनेटमा रोबर्टाे ग्याग्लिएरडिनीको स्थानमा मैदान छिरेका थिए ।

यो जितसँगै इन्टर ८ खेलबाट १५ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ । पराजित टोरिनो ५ अंकसहित १८औं स्थानमा रहेको छ । यस्तै सिरी ‘ए’ कै अर्काे खेलमा रोमाले पर्मा काल्सियोलाई ३–० ले पराजित गरेको छ ।

रोमाको जितमा हेनरिक मिखतरयानले दुई तथा बोर्जा मायोरलले एक गोल गरे । जितसँगै रोमा ८ खेलबाट १७ अंक जोडेर तेस्रो स्थानमा उक्लदा पर्मा ६ अंकसहित १६औं स्थानमा छ । यस्तै अर्काे खेलमा बोलोग्नाले साम्पडोरियालाई २–१ ले पराजित गरेको छ ।

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.