default_image

3 years ago

November 23, 2020

क्याडिजलाई हराउँदै सोसिडाड शीर्षस्थानमा

एजेन्सी रियल सोसिडाड स्पेनिस ला लिगामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार रातीको खेलमा क्याडिजमाथि १–० को झिनो जित निकाल्दै रियल सोसिडाड शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको हो । यद्दपि रियल सोसिडाडले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले भन्दा दुई खेल बढी खेलेको छ । सोसिडाडको १० खेलबाट ७ जित, २ बराबरी र एक हारका साथ […]

51 views

0 Bookmark

एजेन्सी रियल सोसिडाड स्पेनिस ला लिगामा शीर्षस्थानमा उक्लिएको छ । आइतबार रातीको खेलमा क्याडिजमाथि १–० को झिनो जित निकाल्दै रियल सोसिडाड शीर्षस्थानमा ३ अंकको अग्रता लिन सफल भएको हो ।

यद्दपि रियल सोसिडाडले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडले भन्दा दुई खेल बढी खेलेको छ । सोसिडाडको १० खेलबाट ७ जित, २ बराबरी र एक हारका साथ २३ अंक जोडेको छ । एट्लेटिकोको ८ खेलबाट २० अंक रहेको छ । पराजित क्याडिज १० खेलबाट १४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

रियल सोसिडाडको जितमा एलेक्सान्डर इसाकले ६६ अौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । खेलमा पनि सोसिडाडले नै पकड बनाएको थियो ।

यस्तै ला लिगाकै अर्का खेलमा डिर्पाेटिभो एलाभेस र भ्यालेन्सियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । भ्यालेन्सियाले दुई गोलको पछि परेको स्थितिमा बराबरी गर्न सफल भएको हो । एलाभेसका छिमो नाभारो र लुकास पेरेजले गोल गर्दा भ्यालेन्सियाका म्यानुयल भालेजो र ह्युगो गुइलामनले बराबरी गोल फर्काए ।

यस बराबरीको नतिजासँगै भ्यालेन्सिया १० खेलबाट १२ अंक जोडेर आठौं स्थानमा रहँदा एलाभेस १० अंकसहित १४औं स्थानमा रहेको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.