default_image

3 years ago

November 23, 2020

सलाह कोरोना संक्रमणबाट मुक्त

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणमुक्त भएका छन् । तेस्रो पटकको परिक्षणमा सलाह कोरोना संक्रमणमुक्त भएका हुन् । सलाह कोरोनामुक्त भएसँगै लिभरपुल र योर्गेन क्लोपले राहतको महसुस गरेका छन् । सलाह सोमबारदेखि नै लिभरपुलको टिम प्रशिक्षणमा जोडिने प्रशिक्षक क्लोपले बताएका छन् । अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा आफ्नो भाइको विवाह पार्टीमा रहँदा […]

32 views

0 Bookmark

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका इजिप्टियन फरवार्ड मोहम्मद सलाह कोरोना संक्रमणमुक्त भएका छन् ।

तेस्रो पटकको परिक्षणमा सलाह कोरोना संक्रमणमुक्त भएका हुन् । सलाह कोरोनामुक्त भएसँगै लिभरपुल र योर्गेन क्लोपले राहतको महसुस गरेका छन् । सलाह सोमबारदेखि नै लिभरपुलको टिम प्रशिक्षणमा जोडिने प्रशिक्षक क्लोपले बताएका छन् ।

अन्तर्राष्ट्रिय ड्युटीमा रहँदा आफ्नो भाइको विवाह पार्टीमा रहँदा सलाहलाई १३ नोभेम्वरमा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि दोस्रो परिक्षणमा पनि उनमा कोरोना पोजेटिभ नै देखिएको थियो ।

सलाह शुक्रबार इजिप्टबाट लन्डन आएका थिए । लन्डनमा परिक्षण गर्दा कोरोना नेगेटिभ आएको थियो । प्रशिक्षक क्लोपले सलाह च्याम्पियन्स लिगमा बुधबार एटलान्टाविरुद्धको खेलमा उपलब्ध हुने बताएका छन् ।

सलाहको अनुपस्थितिमा पनि लिभरपुलले आइतबार राति लेस्टर सिटीलाई ३–० ले पराजित गरेको थियो । लिभरपुलको जितमा रोबर्टाे फिर्मिनो र डिएगो जोटाले गोल गरेका थिए ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.