default_image

3 years ago

November 23, 2020

डेम्बेले पनि घाइते

एजेन्सी – बार्सिलोनाका ओसमाने डेम्बेलेलाई चोट लागेको छ । ला लिगामा शनिबार एट्लेटिको म्याड्रिडसँगको खेलका दौरान डेम्बेलेको काँधमा चोट लागेको थियो । पहिलो हाफमा चोट लागेपछि उनले खेलेका थिए । यानिक कारोस्कोसँग ठोक्किएर चोट लागेका कारण रोनाल्ड कोम्यानले पछि उनलाई परिवर्तन गरेका थिए । बार्सिलोनाले उनको चोटको अवस्थाका बारेमा जानकारी दिन बाँकी रहेको छ । […]

40 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका ओसमाने डेम्बेलेलाई चोट लागेको छ । ला लिगामा शनिबार एट्लेटिको म्याड्रिडसँगको खेलका दौरान डेम्बेलेको काँधमा चोट लागेको थियो ।

पहिलो हाफमा चोट लागेपछि उनले खेलेका थिए । यानिक कारोस्कोसँग ठोक्किएर चोट लागेका कारण रोनाल्ड कोम्यानले पछि उनलाई परिवर्तन गरेका थिए । बार्सिलोनाले उनको चोटको अवस्थाका बारेमा जानकारी दिन बाँकी रहेको छ । सर्जी रोबेर्टेा र जेरार्ड पिके पछि डेम्बेलेलाई चोट लागेको हो ।

यद्दपी डेम्बेलेको चोट गम्भिर नभएको मानिएको छ । तर, पनि मंगलबार डाइनोभो किएभसँगको च्याम्पियन्स लिगको खेल गुमाउने सम्भावना रहेको छ । लगातार खेलाडी चोटग्रस्त हुँदा प्रशिक्षक कोम्यानको चिन्ता बढेको छ । टोलीका युवा फरवार्ड अन्सु फाती यसअघि नै घाइते भएका थिए ।

वान्डा मेट्रोपोलिटानोमा शनिबार राति एन्जल कोरेरासँग ठोक्किदै घुडामा चोट बोकेपछि ३३ वर्षीय पिकेले खेलको ६२औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थानमा सर्जिनो डेस्ट मैदान छिरेका थिए ।

उनी कम्तीमा पनि ६ महिना मैदान बाहिर रहने क्लबले जनाएको छ । चोटकै कारण अन्सु फाती, स्यामुयल उम्टिटी र सर्जी रोबर्टाे टोली बाहिर रहँदा पिकेको चोटले बार्सिलोनालाई थप समस्या उत्पन्न हुने भएको छ ।

स्पेनिस डिफेन्डर पिकेले यस सिजन बार्सिलोनाका लागि १० खेलमा खेलेका छन् । जसमा ८ ला लिगा र २ च्याम्पियन्स लिग रहेको छ ।

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

April 17, 2024

सानेपाको जित, समाज कल्याण र खालिबारीको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – सहिद स्मारक सि डिभिजन लिग अन्तर्गत बुधबार भएको खेलमा सानेपा क्लब विजयी भएको छ । एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा सानेपा क्लबले स्वयम्भू क्लब माथि २-१ को जित निकालेको हो । सानेपाको लागि पेम्बा दोर्जे र निरञ्जन जंग शाहीले १-१ गोल गरे । पराजित स्वयम्भूका लागि सुग्रीत मगरले एक गोल […]

Success

Thank you for your time.