एजेन्सी – रियल म्याड्रिडबाट एभर्टन पुगेयता हामेस रोड्रिग्वेज शारीरिक रुपमा पूर्ण रुपमा फिट नभएको मानिन्छन् । तर रोड्रिग्वेज प्रिमियर लिगमा भने उच्च फर्ममा छन् ।

एभर्टनले फुलहममाथि उसकै मैदानमा ३–२ को जित हात पारेको थियो । यससँगै एभर्टनले लगातार तीन खेलमा बेहोरेको हारको श्रृंखला तोडेको थियो । एभर्टन यसअघि साउथह्याम्पटन, न्यु क्यासल युनाइटेड र म्यानचेस्टर युनाइटेडसँग पराजित भएको थियो । त्यसअघि एभर्टनले ५ जित र एक बराबरीको नतिजा निकालेको थियो ।
लगातारको हारपछि कार्लो एन्सोलोटीको सुरुवाती ११ माथि प्रश्न खडा भएको थियो । आइतबारको खेलमा रोड्रिग्वेज प्रिमियर लिगमा एसिस्ट गर्ने खेलाडीलाई पास दिनेमा उत्कृष्ट रहे । आक्रमणमा गोल गर्ने अवसर सिर्जना गर्ने अर्थात् कि पास दिने हकमा उनी शीर्ष स्थानमा छन् । उनले लिगमा आइतबार मात्र ६ वटा त्यस्तो पास उपलब्ध गराएका थिए । वेष्ट ब्रुम, क्रिस्टल प्यालेस, ब्रिडटोन र लिभरपुलमा भन्दा त्यो खेलमा उनले २ कि पास बढी गरेका थिए ।
रोड्रिग्वेज अहिले पनि शतप्रतिशत ठीक नरहेको क्लबले बताएको छ । त्यसका बाबजुद पनि उनले टोलीबाट उच्च प्रदर्शन गरिरहेका छन् । एभर्टनले यो सिजन गरेको १९ मध्ये १२ गोलमा रोड्रिग्वेजको संलग्नता रहेको छ । एभर्टन ९ खेलबाट १६ अंक जोडेर छैटौ स्थानमा उक्लिएको छ । फुलहम ४ अंकसहित १७औं स्थानमा रहेको छ ।